सुरु भयो ट्राफिक सप्ताह

  • जेठ २५, २०८२

बागलुङ-   बागलुङमा आईतबार देखी ट्राफिक सप्ताह शुरु भएको छ  ।जिम्मेवार चालक म, जिम्मेवार यात्रु म, सुरक्षित सडक र सवारी, हामी सबैको जिम्मेवारी  ट्राफिक सप्ताह २०८२ भन्ने मुल नाराका साथ सप्ताह सुरु भएको हो ।  
सप्ताहको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख अमर बहादुर थापाले ट्राफिक उल्लंघन गर्दा दुर्घटना बढेको बताए ।  उनले आम नागरिकले ट्राफिक नियम पालना गरे दुर्घटना कम हुने र गाउँ तिरका सडकमा सवारीले नियम पालना नगरेको बताए । नागरिकले सवारी चालक अनुमती पत्र बोक्न थापाले सल्लाह दिए । 
कार्यक्रममा बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले हामी सवै जिम्मेवार भएर सडकमा यात्रा गर्दा होस वा सवारी चलाउँदा होस  ट्राफिक नियम पालना गर्नुपर्ने बताए ।  कार्यक्रममा यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख गुमादेवी शर्मा, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख तिलक भारती धौलागिरी गण्डकी यातायात प्रालीका अध्यक्ष उमेश के सी लगायतले सप्ताहव्यापी कार्यक्रमको सफलताको कामना गरेका थिए । 
 बागलुङका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङको अध्यक्षता , सहायक प्रहरी निरीक्षक निरज चौधरीको स्वागत र प्रहरी नायक निरिक्षक केशक थापाको संचालनमा सम्पन्न भएको थियो ।  

May be an image of 11 people and text
सप्ताहव्यापी कार्यक्रम अन्तरगत सचेतना कार्यक्रम ,सवारीमा पेपर पम्प्लेत टास कार्यक्रम , सवारी अनुगमन ,  ट्राफिक प्रहरीको स्वास्थ्य जाँच अन्तक्रिया कार्यक्रम र दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको जिल्ला ट्राफिक कार्यालय बागलुङले जनाएको छ ।

May be an image of 2 people, motorcycle and text

May be an image of 6 people

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय