• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • समाज ,
  • स्थानीय सरकार

स्वामी कमलनयनाचार्यको आब्हानमा नयाँ वर्षमा पञ्चश्रीमहायज्ञ 

  • फाल्गुण २८, २०७८

बागलुङ- मुक्तीनाथ पिठाधिस स्वामी कमलनयनाचार्यजी महाराजका सत्संकल्पमा धौलागिरीका बिकट र ऐतिहासिक स्थानहरुमा आउदो नया वर्षका अबसरमा पन्चश्रीमहायज्ञ गरिने भएको छ । 
पर्वतको कालन्जर हम्पाल पर्वत, बाग्लुंगको रारायीकोट( राजराजेश्वरी देवीको तपोभूमि ) , मालिका भगवति, म्याग्दीको तपोभूमि सिद्धथान (टोडके) , गौस्वारामा आउदो बैशाख १ गतेवाट ५ गते सम्म एउटै मुहुर्तमा महायज्ञ हुने भएको छ । 
   महायज्ञ आयोजना गरिने स्थलमा शनिवार हेलिकप्टरवाट स्वामी कमलनयनाचार्य सहितको टोलिले स्थलगत अबलोकन गरेका थिए । ति स्थानमा पुग्दा स्थानिय सर्वसाधारणको ठुलो संख्यामा उपस्थिती रहेको थियो । ति सबै स्थानमा एउटै मिति र समयमा पन्चश्रीमहायज्ञ हुने भएको छ । बैदिक कालमा बिभिन्न ऋषिमुनिहरुको तपोभूमिका रुपमा चिनिएका ति स्थलहरुलाई तिर्थस्थल र धार्मिक पर्यटकिय क्षेत्रका रुपमा त्यहा पन्चश्रीमहायज्ञ लगाइने भएको हो । शनिवार हेलिकप्टरमा ति स्थानमा कमलनयनाचार्यजी महाराज पुग्दा ठुलो संख्यमा भक्तजनहरुले जयजयकार गरेका थिए । बागलुङ नगरपालिका ५ रारायीकोट देखि केहि तल पर्ने पन्चकोट स्वामी कमलनयानचार्यको जन्मथलो समेत हो । पन्चकोटमा स्वामीजीका संकल्पमा भब्य मन्दिर निर्माण भैसकेको छ ।  
नया वर्षका अबसरमा गरिने यज्ञस्थलहरुमा शनिवार स्वामीले त्यस क्षेत्रका निर्माण गरिएका समितिका महानुभाव र सर्वसाधारणहरुलाई दिशा निर्देश गरेका थिए । जानकारहरुका अनुसार नया वर्षका अबसरमा हुने यज्ञस्थलहरुमा स्वामी कमलनयनाचार्यवाट २५ र ३२ वर्ष अघि ध्यान जप र तप गरिएका स्थलहरु हुन । पर्यटकिय स्थल टोडकेका स्थानिय ८४ वर्षिय टोलनाथ गैरेले स्वामीवाट करिब ३ दकक अघि तपस्या गरिएका स्थलमै नया वर्षका अबसरमा यज्ञ आयोजना हुनु धार्मिक दृष्टिकोणवाट अत्यन्त सकारात्मक कुरा रहेको सुनाए । शनिवार हेलिकप्टरवाट त्यहा पुग्नु भएका कमलनयनाचार्यजी महाराजले ति यज्ञ स्थलहरुमा पुष्प बृष्टि समेत गरेका थिए । स्वामीको स्वागतमा स्थानियको ठुलो संख्यामा उपश्थिती रहेको थियो । ति सबै स्थानमा यज्ञ सम्पादन मुल समिति , सल्लाहकार समिति गठन भएर काम अघि बढेको छ । महायज्ञवाट संकलित रकम त्यहिको बिकासमा लगाइने स्वामीको प्रतिबद्धताले हामी खुशि छौ रारायीकोटका स्थानिय टंक गैरेले भने स्वामीले गर्नु भएका संकल्पले यहाको धार्मिक पर्यटन बिकासमा कोशेढुंगा सावित हुने छ । एउटा महात्माले गरेको अथक साधना , सन्कल्प र प्रयासले धौलागिरि क्षेत्रकै बिकासमा ठुलो टेवा पुग्ने उनले बताए ।  
मुक्तीनाथ सन्तसेवा आश्रम पोखराका अध्यक्ष महेश पराजुली , स्वामीका शिश्य ऋषि ठकुर र नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष नारायण शर्मा सो अबसरमा स्वामीजीसंगै यज्ञ स्थलमा शनिवार पुगेका थिए । 
   मुक्तिनाथ पिठाधिश कमलनयानचार्यजी महाराजका सत्संकल्पले नेपालमा धेरै ऐतिहासिक र धार्मिक कार्यहरु भैरहेको अध्यक्ष पराजुलीले बताए । पोखरा मुक्तीद्धार भएकाले पोखरा र आसपासका धार्मिक स्थलहरुको संरक्षण र प्रर्बधनमा स्वामीको योगदान सह्रासनिय रहेको पराजुलीले वताए । 
एउटै तिथि मितिमा शुरु भएर एउटै बिधि बिधान अनुसार पन्चश्रीमहायज्ञ गरिने भएकाले यस महायज्ञमा सबैको सकृय सहभागिताका लागि पराजुलीले अनुरोध गरेका छन । ५ फरक फरक स्थानमा गरिने महायज्ञको तैयारीमा स्थानियको ठुलो सहभागिता रहने पराजुलीको भनाई छ । आउदो बैशाख १ देखि ५ गते सम्म महायज्ञ हुने भएको हो । शनिवार ति स्थानमा पुग्नु भएका स्वामीजीले महायज्ञ गरिने बिधि, बिधानको बिधवत घोषणा गरेका हुन । 

प्रतिक्रिया