पर्वत- मुलुक यतिबेला स्थानिय निकायको निर्वाचनमा होमिएको छ । निर्वाचनका लागि यहि बैशाख ११ र १२ गते मनोनयन दर्ता हुदैछ । गाउँपालिका अध्यक्ष उपाध्यक्ष नगरपालिका प्रमुख उपप्रमुखका लागि विभिन्न राजनितिक दलबाट आकंक्षी पनि धेरै नै छन । यसै क्रममा पर्वतको जलजला गाउँपालिकाको अध्यक्षका लागि नेपाली काँग्रेसबाट २० जनाले आफ्नो दाबी गरेका छन ।
युवा नेता कमल अधिकारी सहित जलजलाको अध्यक्षका लागि वर्तमान अध्यक्ष यामबहादुर मल्लले पनि पुन दाबी गरेका छन । त्यस्तै चन्दबहादुर जिसी, विप्लब हमाल कृष्ण केसी, डण्डपानी रिजाल चन्द्रकान्त पौडेल राजुप्रसाद आचार्य देवेन्द्र बहादुर भण्डारी रहेका छन । अध्यक्षकै लागि याम शर्मा पौडेल, प्रकाश पुन, गोविन्द पौडेल, दुर्गाबहादुर खत्री, हरि विकास जिसी, सोम पुन, ज्ञान बहादुर पाईजा, नन्दबहादुर पाईजा, सुनिल सेन, विकास प्रजापती, र इन्द्रप्रकाश पौडेल रहेको नेपाली काँग्रेस जलजला गाउँपालिका समितिले जनाएको छ ।
उपाध्यक्षमा ७ जना आकंक्षी
गाउँपालिका उपाध्यक्षका लागि काँग्रेसबाटै ७ जनाको दाबी रहेको छ । जसमा सपना रेग्मी, अनिता मल्ल केसी, लक्ष्मी हमाल आचार्य, सावित्री खत्री, तारा पौडेल, सिमा पुन र राधिका मल्ल रहेका छन । यस अगाडी पनि काँग्रेसले नै अध्यक्ष जितेको यस पालिकामा नेपाली काँग्रेसको राम्रो पकट रहेको छ । अध्यक्षका लागि पार्टीको विभिन्न तहमा नेतृत्व समालेका व्यक्तिहरुको नै आकंक्षी रहेका छन ।
अध्यक्षका आकंक्षी को हुन कमल अधिकारी ?
विद्यार्थी राजनितीबाट खारिदै पार्टीको राजनीतिमा सक्रिय र सकारात्मक भुमिका निर्बाहा गर्दै आइरहेका युवा नेता कमल अधिकारी एक सक्षम र आप्नो जिम्मेवारी पुर्ण रुपमा निर्बाह गर्न सक्ने अनुभवी ब्यक्तिका रुपमा परिचीत छ्न । पर्वतको जलजला गाउँपालिका गाउँपालिका –२ मल्लाजमा जन्मिएका अधिकारी स्कुले जीवन देखिनै नेपाल विद्यार्थी सघमा आबद्ध भै सक्रिय राजनितीमा होमिएका थिए । बिद्याज्योती माद्यामिक विद्यालयमा एस एल सि सम्मको अध्ययन पश्चात उच्च शिक्षा पढनका लागि उनि २०५५ सालमा तत्कालिन महेन्द्र बहुमुखी क्याम्पस हाल धौलागिरी बहुमुखी क्याम्पस बागलुङमा गएका थिए । बागलुङमा गए सँगै उनि नेपाल विद्यार्थी संघको आईए तहको सिफ्टको अध्यक्ष २०५९ मा स्नातक तह विए शंकाय तर्फको नेविसंघको अध्यक्ष हुँदै उनि २०६० सालमा नेविसंघ धौलागिरी बहुमुखी क्याम्पसको ईकाइ सचिव भएर विद्यार्थी राजनितिलाई अगाडी बढाएका थिए ।
नेविसंघको सचिव हुँदै गर्दा २०६१ सालमा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको उपसभापति भए । उपभापती भएकै समयमा पुन २०६१ मा नेविसंघ धौलागिरी बहुमुखी क्याम्पसको सभापति भएर सिंगो संगठन नै हाक्ने मौका पाए । यही मौकामा उनि २०६२ सालको स्ववियुको निर्वाचनमा नेविसंघको तर्फबाट अत्याधिक मत ल्याएर स्ववियु सभापति भएका थिए । स्ववियुमा एक जना बाहेक अधिकारीको प्यानलै विजयी भएको थियो । स्ववियु सभापति हुँदै गर्दा गणतन्त्र स्थापनाको लागि सयुक्त विद्यार्थी आन्दोलनको संयोजक भै २०६२–२०६३ सालको जनाआन्दोलनको नेतृत्व गर्दै गर्दा पटक पटक गरि ६ पटक सम्म हिरासतमा परेका थिए । स्ववियु सभापति हुँदै गर्दा अधिकारीको नेतृत्वले क्याम्पसलाई धौलागिरी क्षेत्रकै प्राज्ञिक र शैक्षिक सस्थाको रुपमा बिकास गर्न सफल भएका थिए ।
यसरी विद्यार्थी राजनितीबाट खरिएर आएका अधिकारी नेपाली काँग्रेस पर्वतको क्षेत्रीय सचिव हुँदै गएको चौधौं महाधिवेशनमा पर्वतको जिल्ला सचिवको रुपमा प्रतिस्पर्धा गरेका थिए । त्रिभुवन विश्वविद्यालयबाट स्नाकोत्तर तह सम्मको अध्ययन पुरा गरेका अधिकारी काँग्रेसका नेता कार्यकर्ता विच असल नेतृत्व कर्ता र स्पष्ट बक्ताको रुपमा परिचित छन । नेपाली काँग्रेस जलजला गाउँपालिका र सिंगो पर्वत काँग्रेसको संगठन निर्माणमा निकै सक्रिय रहेका अधिकारी एक ससक्त अनुभवी राजनैतिक, बौद्धिक सरल स्वभावका रहेका छन । अधिकारीको समाज प्रतिको लगाबले काँग्रेसलाई मात्र है सिंगो समाज र समुदायलाई नै सहज हुने काँग्रेसका एक नेताले बताए । प्रतिपक्ष सँग पनि राम्रो सम्बन्ध रहेका उनि युवा र पाका पुस्ता विच पनि लोकप्रिय छन ।
काँग्रेसबाट जलजला गाउँपालिकाको अध्यक्षको उम्मेदवार भएमा नेतृत्वमा पनि सहज तरिकाले पुग्न सक्ने स्थानिय कार्यकर्ताले आकंलन गरेका छन ।