संयुक्त गठबन्धनका दलद्वारा मतदातालाई धन्यबाद

  • जेठ ४, २०७९

बागलुङ -
    गत बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनमा सहयोग गर्ने सवै मतदातालाई संयुक्त गठबन्धनले धन्यबाद दिएको छन । 
    बागलुङ नगरपालिकामा संयुक्त गठबन्धनका दलहरुले संयुक्त विज्ञप्ती जारी गर्दै नगरप्रमुख उपप्रमुख वडा अध्यक्ष र वडा सदस्य विजयी बनाउन भुमिका खेल्ने सवै मतदातालाई धन्यबाद दिएका छन ।
    नेपाली काँग्रेस बागलुङ नगरपालिकाका सभापती उमाकान्त शर्मा बाबु, नेकपा माओबादी केन्द्रका बागलुङ नगर इन्चार्ज यज्ञबल्लब शर्मा, नेकपा एकिकृत समाजबादीका नगर संयोजक जीवन आचार्य र राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष थानेश्वर सुवेदीले संयुक्त विज्ञप्ती जारी गर्दै निर्वाचनमा सहयोग गर्ने मतदाता, सुरक्षाकर्मी, कर्मचारी सवैमा धन्यबाद प्रकट गरेका छन ।
निर्वाचनमा उत्साहपुर्वक आफ्नो मताधिकार प्रयोग गरी संयुक्त गठबन्धनबाट उम्मेदवारलाई विजयी बनाउनेलाई हृदय देखी नै धन्यबाद विज्ञप्तीमा भनिएको छ । संविधानको रक्षा, लोकतन्त्रको संस्थागत विकासका र सुसासनको माध्ययमबाट समुन्नत बागलुङ निर्माणको अभियानमा यहाँहरुले दिनुभएको अगाध माया स्नेह र अर्शिबादले हामीलाई उत्साहित बनाएको छ । विज्ञप्तीमा आगामी ५ वर्षको निमित्त जनताले दिएको जिम्मेवारी र गठबन्धनका दलले सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा उल्लेख गरिएका योजना तथा कार्यक्रमहरु कार्यात्वयका लागि सल्लाह सुझावको अपेक्षा समेत गरिएको छ ।
गठबन्धनका दलले निर्वाचनलाई निपक्ष शान्तिपुर्ण र मर्यादित ढंगबाट सम्पन्न गर्न क्रियाशिल रहनुभएका सम्पुर्ण निर्वाचन अधिकृत सुरक्षाकर्मी, स्वंसेवक गणक प्रतिनिधि पर्यवेक्षक तथा संचाकर्मीमा हार्दिक आभार व्यक्त गरेका छन । 
त्यसैगरी प्रतिपक्ष दलका नेता तथा कार्यकर्ता गठबन्धनका उम्मेदवारको पक्षमा रहने सम्पुर्ण पार्टीका विभिन्न समितिका नेता कार्यकर्ता र उम्मेदवारहरुमा हार्दिक धन्यबाद प्रकट गरेका छन । 
 

प्रतिक्रिया