• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • राजनिति ,
  • स्थानीय सरकार

बागलुङ नगरपालिका प्रमुखमा काँग्रेसका श्रेष्ठ र उपप्रमुखमा माओबादीका खड्का विजयी 

  • जेठ ४, २०७९

बागलुङ- जिल्ला सदरमुकाम रहेको बागलुङ नगरपालिकाको नगरप्रमुखमा नेपाली काँग्रेसका बसन्त कुमार श्रेष्ठ विजयी भएका छन । पाँच दलिय गठबन्धनका साझा उम्मेदवार रहेका श्रेष्ठले निवर्तमान नगरप्रमुख नेकपा एमालेका जकराज पौडेललाई भारी मतान्तरले पछि पार्दै विजयी भएका हुन । नगरप्रमुखमा श्रेष्ठले १४ हजार ६७८ मत. प्राप्त गरेका छन भने पौडेलले ८ हजार ८२१ मत प्राप्त गरेका हुन । 
०७४ सालको स्थानिय तहको निर्वाचनमा पनि श्रेष्ठ र पौडेल विच नै प्रतिस्पर्धा भएको थियो । अघिल्लो निर्वाचनमा पौडेलले श्रेष्ठलाई झण्डै २२ मतको मतान्तरले पछि पार्दै विजयी भएका थिए भने यस पटक श्रेष्ठ ५ हजार ८५७ को मतान्तरमा विजयी भएका छन ।
नगर उप्रमुखमा नेकपा माओबादी केन्द्रका राजु खड्का विजयी भएका छन । पाँच दलीय गठबन्धनकै पक्षका उनले कुल १२ हजार ४२७ प्राप्त गरेका छन । उनका प्रतिस्पर्धी राप्रपाका सञ्जय खड्काले ८ हजार ६५ प्राप्त गरेका छन । बागलुङ नगरपालिकामा गठबन्धनका दल एकातिर थिए भने नेकपा एमालेले राप्रपालाई सँगै लिएर चुनावी मैदानमा होमिएको थियो ।  नगरप्रमुखमा विवेकशिल साझा पार्टीका सुरज खड्काले ५४, नेकपा मालेका मञ्जुमाया क्षेत्रीले २६ नेपाली काँग्रेस विपीका धना आचार्यले १२ नेपाल दलित पार्टीका भक्तबहादुर विकले ६३ र नेपाल परिवार दलका निलप्रसाद आचार्यले १२ मत प्राप्त गरेका छन । नगर उपप्रमुखमा नेकपा समावबादीका जिवन आचार्यले ५० नेपाल दलित पार्टीका शान्ती नेपालीले ५२ र स्वतनत्र ताराकुमारी रिजालले ९३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले जानकारी दिए । 
समावबादीका जिवन आचार्यले भने नेकपा माओबादीका उम्मेदवार राजु खड्कालाई सहयोग गरेका थिए । 
नगरप्रमुखमा विजयी भएका श्रेष्ठ नेपाली काँग्रेस गण्डकी प्रदेशका कोषाध्यक्ष  हुन भने जिल्लामा लोकप्रिय छन । विभिन्न संघ संस्थाको नेतृत्व समालेका श्रेष्ठ आम जनता विच अब्बल नेताको रुपमा परिचित छन । उपप्रमुखका विजयी भएका खड्का पनि बागलुङ कालिका भगवती मन्दिर व्यवस्थापन समितिको अध्यक्ष भएर लोकप्रियता कमाएका थिए । उनि नेकपा माओबादी केन्द्र बागलुङ नगरपालिकाका सचिव हुन । 
नगरपालिकामा अघिल्लो निर्वाचनमा नेकपा एमालेको बहुमत रहेकोमा यस पटक भने नतिजा उल्टिएको छ । १४ वटा वडामा नेपाली काँग्रेसले ७ वटा वडा जितेको छ भने नेकपा माओबादी केन्द्रले १ वटा वडा जितेको छ । त्यसैगरी नेकपा एकिकृत समाजबादीले २ वटा वडा नेकपा, एमालेले ३ वटा वडा र स्वतन्त्र बाट १ वडामा प्यानलै आएको छ । 
नेपाली काँगे्रेसलको तर्फबाट बानपा १ मा जयबहादुर केसी, वडा नं. ३ मा सोनी केसी लक्ष्मण, वडा नं. ८ मा छमबहादुर कार्की, वडा नं. ९ मा राजु थापा, वडा नं. ११ मा ज्ञानेन्द गौतम, वडा नं. १३ मा नारायण शर्मा पौडेल र वडा नं. १४ मा चक्रबहादुर खत्री विजयी भएका हुन । नेकपा माओबादी केन्द्रको तर्फबाट वडा नं. ३ मा कुमार विक्रम श्रेत्री विजयी भएका छन भने नेकपा एकिकृत समाजबादीको तर्फबाट वडा नं. २ मा सुरज बोसेर र वडा नं. १० मा तिलबहादुर थापा वडा अध्यक्षमा विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । वडा नं. १ मा बाहेक अन्य सवै वडामा गठबन्धनको प्यानलै विजयी भएको छ । अघिल्लो पटक एमालेकै बहुमत रहेकोमा यस पटक उसले जम्मा ३ वटा वडामा चित्त बुझाउनुपरेको छन । नेकपा एमालेका वडा नं. ५ मा हरिप्रसाद शर्मा, वडा नं. ६ मा रुद्रबहादुर केसी र वडा नं. ७ मा मेघनाथ गैरे विजयी भएका छन । 
पाँच दलीय गठबन्धन गर्दा बानपा १२ राजमोलाई परेपछि त्यहाँ नेपाली काँग्रेसले स्वतन्त्र रुपमा उम्मेदवारी दिएको थियो । काँग्रेसका वडा सभापति कोपिलामणी शर्माको नेतृत्वम स्वतन्त्र प्यानलै खडा गरी निर्वाचनमा होमिएको यस वडामा प्यानलै विजयी भएको छ । 
 
 

प्रतिक्रिया