स्वास्थ्य कार्यालय बागलुङको चालु आर्थिक वर्षमा ९४ प्रतिशत भौतिक प्रगती

  • असार २४, २०८१

बागलुङ- असार महिनाको अन्तिम साता, जिल्लाका अधिकाशं सरकारी कार्यालयहरुमा विभिन्न योजना र कार्यक्रमको फरफारक चलिरहेको छ । यस वर्ष सक्नुपर्ने कार्यक्रम संचालन गर्ने चटारोमा छन कर्मचारी । स्थानिय निकाय र विकासे अड्डामा योजना फरफारक गर्ने  सेवा ग्राहीको भिडभाड छ । कर्मचारीहरु विहान देखी राति अबेर सम्म काम गरेका छन । तर जिल्लाको स्वास्थ्य कार्यालयले भने आफ्ना गर्नुपर्ने सवै कार्यक्रम सम्पन्न गरेको छ । स्वास्थ्य कार्यालय बागलुङले यस  वर्ष सम्पन्न गरेका कामको बारेमा पत्रकार सम्मेलन गरेरै जानकारी गरायो । चालु आर्थिक वर्षको अन्तिम साताको पहिलो दिन कार्यालयले आफ्नो जिम्मामा रहेका काम यस वर्ष सम्पन्न गरेको बार्षिक प्रगतीको बारेमा जानकारी गराएको छ । विगत २ वर्ष देखी नै यो कार्य स्वास्थ्य कार्यालयले निरन्तर गर्दै आएको छ । आफ्नो कार्यालयबाट सम्पादन गरेका कामको बारेमा पत्रकार नै सम्मेलन गरेर जानकारी गराउने जिल्लामै पहिलो कार्यालय हो । 
चालु आर्थिक वर्षका कार्यालयको भौतिक तर्फ ९४ प्रतिशत प्रगती भएको छ भने वित्तिय तर्फ ७२ प्रतिशत प्रगती भएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य प्रशासक बाबुराम आचार्यले जानकारी दिए । यस वर्ष वित्तिय प्रगतीमा विगतका वर्ष झै उपलब्धी हाँसिल हुन सकेको छैन । जिल्लामा केही कार्यक्रम गर्नुनपर्ने भएता पनि जिल्लाको बजेट शिर्षकमा आएको र केही कार्यक्रमको फुकुवा ढिला आएका कारण अघिल्लो वर्ष भै वित्तिय प्रगती हुन नसकेको कार्यालयले जनाएको छ ।  
कार्यालयले यस वर्ष प्रत्येक स्वास्थ्य संस्थालाई डिजिटाईलेशन गर्नका लागि इलेक्टोनिक्स हेल्थ रेकर्डिङ सिष्टम अर्थाट इएचआईएमएस प्रविधिलाई मुख्य उपलब्धीको रुपमा लिईएको छ । जिल्लाका १० वटै स्थानिय तहका सवै वडाका स्वास्थ्य संस्थामा यो प्रविधि संचालन गरी दैनिक सेवा लिन आउने विरामीको तत्काल विवरण दर्ता गरी सेवा प्रवाह गर्ने गरिएको छ । त्यसले सेवाग्राहीलाई सेवा प्रदान गर्नका लागि सहज हुनुका साथै तथ्याङ्क रेर्कडिङ रिर्पोटिङका लागि पनि सहज हुने जनस्वास्थ्य प्रशासक आचार्यले बताए । त्यसैगरी परिवार स्वास्थ्य प्रोफाईल पनि बनाईएको छ । अघिल्लो वर्ष जिल्लामा २ वटा स्वास्थ्य संस्थामा मात्र संचालन भएको परिवार स्वास्थ्य प्रोफाईल कार्यक्रम यस वर्ष जिल्लाका सवै वडामा संचालन गरिएको छ ।
कार्यालयले यसै वर्ष जिल्लाको बढिगाड गाउँपालिकामा क्षयरोगका विरामी पत्ता लगाउनका निम्ती शिविर नै संचालन गरेको थियो । उक्त शिविरमा ११३ जना नयाँ क्षयरोगका विरामी भेटिएको र उनिहरु नियमित औषधी सेवन गरेका छन । 
यस वर्ष गण्डकी प्रदेश सरकार सवै जिल्लामा संचालन गरेका गर्भवती दर्ता तथा अनुगमन कार्याक्रमलाई पनि कार्यालयले मुख्य उपलब्धीको रुपमा लिएको छ । उक्त कार्यक्रम अतरगत २४३ जना स्वास्थ्यकर्मी र ९६१ जना महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकालाई तालिम दिईएको थियो । सो कार्यक्रम मार्फत हाल गर्भवती महिलालाई नियमित अनुगमन गर्नुका साथै एसएमएस मार्फत उनिहरुको गर्भजाँच गर्ने र स्वास्थ्य संस्था जानका लागि नियमित फलोअप गर्ने काम भै रहेको छ । यो कार्यक्रमको सुरुवात गर्ने गण्डकी प्रदेशकै पहिलो जिल्ला बागलुङ रहेको कार्यालयले जनाएको छ । 
कार्यालयले यस वर्ष पनि जिल्लालाई पूर्ण खोप सुनिश्चिता एवं दिगोपना जिल्ला घोषणा गरेका छ भने पोषणका कार्यक्रम डेंगु सम्बन्धी अन्तरक्रिया, एचआईभी सम्बन्धी जनप्रतिनिधिलाई अभिमुखिकरण कार्यक्रम, मानसिक स्वास्थ्य सम्बन्धी लागि लगायतका कार्यक्रमहरु संचालन गरेको  जनस्वास्थ्य प्रशासक आचार्यले जानकारी दिए । 
जिल्लामा यस वर्ष मातृ मृत्युदर भने बढ्ेको छ । विभिन्न कारणले यस वर्ष ५ जना महिलाको गर्भावस्था र सुत्केरी अवस्थाका मृत्यु भएको छ । जसको कारणको बारेमा विस्तृत अध्ययन भएको कार्यालयले जनाएको छ । 
अघिल्लो आर्थिक वर्षमा १२ जना कुष्ठरोगका विरामीहरुको संख्यामा रहेकोमा यस वर्ष ५ जना नयाँ रोगीहरु पत्ता लागेको र उपचार भैरहेको समेत आचार्यले बताए । एक वर्षको अवधिमा २३ वटा स्वास्थ्य चौकीको न्युनतम स्वास्थ्य सेवा मापन गरिएको छ । 
कार्यक्रममा जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले डेंगीको बारे जानकारी दिएकी थिईन । चालु वर्षभर डेंगी विरुद्दको अभियान संचालन गरेको बताउदै सबै मिलेर लाग्दा मात्रै नियन्त्रण गर्न सकिने भएकोले सरसफाइ अभियानमा साथ दिन सबैलाई आग्रह गरिएको थियो । बागलुङमा पनि ४ सय १८ जनामा डेंगी संक्रमण भएकोले सुरक्षित हुन आवश्यक रहेको शर्माले बताईन । डेंगी लागेपछि उपचारबाट निको भएपनि निकै पीडा हुने धौलागिरि अस्पतालका मेडिकल अधिकृत डा नकुल रेग्मीले बताए । डेंगी लाग्दा वाकवाकी हुने, डाबर आउने, कलेजो सुनिने जस्ता लक्षणबारे देखा पर्ने डा. रेग्मीले जानकारी दिए ।  कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले बागलुङको पश्चिम ढोरपाटन क्षेत्र मनाङ जिल्ला भन्दा ठूलो हुनुका साथै जनसंख्या पनि धेरै भएको कारणले त्यस ठाउँमा स्वास्थ्यको पहुँच राम्रोसँग पु¥याउन जरुरी रहेको धारण राखे । उनले अन्य कार्यालयको तुलनामा स्वास्थ्य कार्यालयको काम समयमा नै सम्पन्न भएको र प्रभावकारी भएको बताए । कार्यक्रममा बागलुङका प्रमुख जिल्ला अधिकारी अहिले देखा परिरहेको मानसिक समस्या लाई राम्रोसँग समाधान गर्नको लागि सबैको भूमिका हुने भएको हुँदा यसबारे सचेत हुनुपर्ने र अहिले मानसिक रोगीलाई मान्छे नै हैन भन्ने जुन खालको अवस्था सृजना भएको छ यसलाई चिर्न जरुरी रहेको बताए । उनले स्वास्थ्य कार्यालयको यो अभ्यास जिल्लाक अन्य कार्यालयले पनि सिक्न जरुरी रहेको बताए । कार्यक्रमा स्वास्थ्य कार्यालय प्रमुख बाबुराम आचार्यको अध्यक्षता र सूचना अधिकारी घनश्याम सापकोटाको संचालनमा सम्पन्न भएको थियो । 
 

प्रतिक्रिया