विद्यार्थी नेता सापकोटाको अभियान ‘एक विद्यार्थी एक विरुवा’

  • साउन १६, २०८१

बागलुङ-   कृषि विषयमा स्नातकोत्तर गरेका सुजन सापकोटा विद्यार्थी राजनितिमा निकै सक्रिय छन । नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य रहेका सापकोटाले भने राजनिति सँगै आफुले पढेको विषयलाई पनि निरन्तरता दिएका छन । बागलुङको जैमिनी नगरपालिका— २ दमेकका सापकोटाले राजनिति सँगै विद्यालय तहमा नै पुगेर ‘एक विद्यार्थी एक विरुवा’ अभियान संचालन गरेका हुन । सापकोटाले गत वर्ष देखी जिल्लाको विभिन्न विद्यालयमा एक विद्यार्थी, एक सुन्तला, एक कागती बिरुवा बितरण अभियान चलाएका हुन । उनले संचालन गरेको यो अभियानमा  हाल सम्म ७ हजार सुन्तला र कागतीका विरुवाा विद्यार्थीलाई बितरण गरेका छन । जिल्लाको जैमिनी, बागलुङ नगरपालिका र बरेङ गाउँपालिकाका विद्यार्थीलाई ती बिरुवा बितरण गरिएको सापकोटा बताउँछन । उनले विषेश गरी विद्यार्थीलाई हाम्रो ठाउँमा फलफुल र अन्य कृषि क्षेत्रको पनि सम्भावना छ र यसलाई अझै बढवा दिनुपर्छ भन्ने सन्देश प्रवाह गर्नका लागि यो अभियान संचालन गरेको बताए । 
। ‘बढ्दो जलवायु परिवर्तत न्युनिकरणका लागि हरेक विद्यालयमा यो अभियान चलाएको हुँ’ सापकोटाले भने, ‘आफ्नो माटो माया गर्ने भावना विकास गर्न यो अभियानले साथ दिनेछ ।’ बाँझो रहने जग्गा उपयोग गर्न पनि यो अभियानले साथ दिने छ । विद्यार्थीलाई कृषि प्रतिको चासो पनि यसले दिलाउने छ । ’ उनले बढ्दो बसाइसराईं कम गर्न र विद्यार्थीलाई कृषिक्षेत्रमा आकर्षित गर्न पनि यो विधि उपयोगी भएको बताए ।  कृषि प्राविधिक भएकाले सुन्तला र कागतीका बिरुवामा आउने समस्याबारे पनि उनले सल्लाह दिने गर्छन् । विद्यार्थी कालमै बिरुवामा लाग्ने रोगकिराबारे जानकारी लिने र उपचार पद्दती जान्न पाएका विद्यार्थीले भोली कृषि क्षेत्रमा लाग्न प्रेरणा मिल्ने शिक्षकहरुको भनाई छ । सापकोटाले  मंगलबार पनि बागलुङ नगरपालिका वडा नं. ९ सिगाना मावि तित्याङका विद्यार्थीलाई बिरुवा बितरण गरेका छन ।  सापकोटाले वितरण गरेका विरुवा विद्यार्थीले आफ्नै बारीमा लगाउने र तिनको नियमित रेखदेख गर्ने गर्छन । 
 

प्रतिक्रिया