बागलुङको सिगानामा जिप दुर्घटना आठ जना घाईते

  • मङ्सिर १८, २०८२

बागलुङ,! बागलुङको बरेङ गाउँपालिकाबाट सदरमुकाम बागलुङ बजार आउँदै गरेको जिप दुर्घटना भएको छ । जीप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।  ग ३ च ४८३४ नम्बरको जिप बागलुङ नगरपालिका–८ सिगाना सेरामा बिहीबार साँझ साढे ४ बजे  दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक कमलजंग थापाले जानकारी दिए । 


दुर्घटनामा बागलुङ नगरपालिका–८ का चालक सुसान्त जिसीसहित सोही ठाउँका १८ वर्षीय प्रशान्त खड्का, काठेखोला गाउँपालिका–१ पालाका ४३ वर्षीय को चन्द्र भण्डारी, ५० वर्षीया साबित्री भण्डारी, २४ वर्षीया बिस्मिता भण्डारी सोही ठाउँकी ३६ वर्षीया सपना भण्डारी, ४८ की झुपा भण्डारी र जैमिनी नगरपालिका–३ की ३० वर्षीया निशा पाण्डे हुन्तेल घाइते भएका छन । घाईते सवैजनालाई उपचारका लागि धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा ल्याइएको थापाले जानकारी दिए  । दुर्घटनाको खबर पाउँदा साथ बागलुङ बजारबाट प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार गरेको थियो । जिप सडक देखी अन्दाजी २० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।

जिपमा सवार अधिकाशं यात्रुहरु बरेङ गाउँपालिकाको सत्यवती मन्दिर दर्शन गरेर फएिकएका दर्शनार्थीहरु रहेको प्रहरीले जनाएको छ । जिप ब्रेक फेल भई दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । 

प्रतिक्रिया