साँघुबाट खोला तर्ने क्रममा चिप्लीएर एक महिलाको मृत्यु  

  • कार्तिक ३०, २०७९

बागलुङ- बागलुङको ढोरपाटन नगरपालिका–२ पाखुते भन्ने स्थानमा साँघु तर्ने क्रममा एक महिलाको मृत्यु भएको छ । साँघुबाट चिप्लीएर  निसीखोलामा खस्दा १९ बर्षिय सुनिता महत खत्रीको खोलाले बगाएर ज्यान गएको हो । 
निसीखोला गाउँपालिका २ घर भई बुर्तिबाङ बजारमा वस्दै आएकी महत बुधबार आफन्त कहाँ जाने क्रममा खोलाको साँघुमा चिप्लीदा खोलाए बगाएपछि मृत्यु भएको स्थानिय गोविन्द खत्रीले जानकारी दिए ।  साँघु तर्दे गर्दा सुनिता संगै निजका २ बर्षिय छोरा सुलभ खत्री र फुपुलाई समेत खोलाले वगाएको थियो ।  स्थानीयको सक्रियतामा बच्चा र फुपुलाई लाई सकुशल उद्धार गरीएपनी सुनितालाई बचाउन नसकिएको खत्रीले बताए । 
तिन जना एकै पटक खोलामा खस्दा खोलामा पानीको बहाब बढि रहेको र उद्धार गर्ने प्रयास गर्दा गर्दे खोलाले बगाएको स्थानीयले बताए । उद्धार गरीएका बच्चा सहित दुई जनाको अवस्था सामान्य रहेको बताइएको छ । 
 मृतकको शव घटना स्थलदेखि करिव ५०० मिटर तल  फेला परेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजेश शर्मा अधिकारीले बताए । 
 

प्रतिक्रिया