नारायण रिजाल, बागलुङ – जिल्लामा रहेका तिनवटा कार्यालयहरुको एकै साथ बार्षिक प्रगती समिक्षा र चालु बर्षका कार्यक्रम सार्वजनिक गरिएको छ । कृषि ज्ञान केन्द्र बागलुङ, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङ र राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ बागलुङले विहिबार सरोकारवाको उपस्थितीमा प्रगती र कार्यक्रम सार्वजनिक गरेका हुन । आर्थिक वर्ष २०८१।०८२ मा कार्यालयबाट सम्पादन भएका कामको प्रगतीको समिक्षा गरिएको छ भने चालु आर्थिक वर्ष २०८२।०८३ मा सम्पादन हुने कार्यक्रमलाई सार्वजनिकरण गरिएको हो ।
ज्ञानकेन्द्रको चालु वर्षको बजेट ५ करोड ८६ लाख
गत आ.व.मा कृषि ज्ञान केन्द्र बागलुङले झण्डै दश हजार किसानलाई प्राविधिक सेवा प्रदान गरेको ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवालले जानकारी दिए । सिलवालका अनुसार ज्ञानकेन्द्रले सुन्तला जोन फलफूल बंगैचा सुदृढिकरण कार्यक्रम, विउ उत्पादन कार्यक्रम, फलफूल बंगैचा व्यवस्थापन जस्ता कार्यक्रम प्रभावकारी ढंगले संचालन गरिएको । उनले आगामी वर्ष पनि कार्यालयका लागि पुँजीगत तर्फ ४० लाख रुपैयाँ, चालु तर्फ ५ करोड ४६ लाख दुई हजार रुपैयाँ, प्रशासनिक तर्फ १ करोड ८५ लाख ७२ हजार रुपैयाँ, र कार्यक्रम तर्फ ३ करोड ६० लाख ३० हजार रुपैयाँ गरी कुल बजेट ५ करोड ८६ लाख २ हजार रहेको जानकारी दिए ।
ज्ञानकेन्द्रको यस वर्षको नयाँ योजनाको रुपमा लोकमार्ग र कालिगण्डकी करिडोर केन्द्रीत कृषि उत्पादन तथा पव्रद्र्धन कार्यक्रम रहेको सिलवालले जानकारी दिए । जसका लागि १५ लाख रुपैयाँ समेत विनियोजन भएको छ । त्यसैगरी कृषि उद्यम पवद्र्धन कार्यक्रम, कृषि प्रचार कार्यक्रम, नितिगत तथा संस्थागत सुधार कार्यक्रम, कृषिको उत्पादन र उत्पादकत्व अभिबृद्धि कार्यक्रमहरु पनि यस वर्ष निरन्तरता रहेको छन ।
भेटनरी अस्पतालको ७६.४ प्रतिशत वित्तिय प्रगती
गत आ.व.मा भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पुँजीगत तर्फ ८८.८ प्रतिशत, चालु प्रशासन तर्फ ७५.७ प्रतिशत, चालु कार्यक्रम तर्फ ७६.२० प्रतिशत गरी कुल ७६.४ प्रतिशत वित्तिय प्रगती हाँसिल गरेको छ । त्यसैगरी ७४ वटा आयोजना र कार्यक्रमहरु संचालन गरी ८० प्रतिशत भन्दा बढि प्रगती हासिल गरेको विज्ञ केन्द्रका प्रमुख डा. ऋषिराम सापकोटाले जानकारी दिए । केन्द्रले कुल १ लाख ९३ हजार ७१२ पशु चौपायलाई पूर्ण खोप प्रदान गरेको छ । गत आवमा नै केन्द्रले ढोरपाटन क्षेत्रमा घुम्ती प्रणाली अन्तरगत रहेका भेडाबाख्राहरुको स्वास्थ्य प्रर्वद्धन कार्यक्रम संचालन गर्नुका साथै गलकोट नगरपालिका, काठेखोला गाउँपालिका, बागलुङ नगरपालिका, ढोरपाटन नगरपालिका र बरेङ गाउँपालिकामा विभिन्न स्थानमा संचालन गरेको शिविरबाट ८९९ जना कृषकका ३ हजार १२२ वटा पशुपन्छिको उपचार गरकोे डा. सापकोटाले जानकारी दिए । केन्द्रले १९० कुकुरको बन्ध्याकरण तथा रेविज खोप लगाएको छ ।
केन्द्रमा चालु आर्थिक बर्षमा पुँजीगत तर्फ १० लाख रुपैयाँ र चालु तर्फ ४ करोड २० लाख ८६ हजार रुपैयाँ बजेट विनियोजन भएको छ । केन्द्रमा पशुपन्छी तथा मस्य व्यवसाय प्रवद्र्धन कार्यक्रम, पशुमा पुर्ण खोप कार्यक्रम, शुसासन तथा परदर्शिता कार्यक्रम, क्षमता अभिबृद्धि कार्यक्रम, पशु स्वास्थ्य कार्यक्रम, र पशु प्रजनन तथा नश्ल सुधार कार्यक्रमहरु निरन्तरता रहेका छन । यस वर्ष कालिगण्डकी करिडोर केन्द्रित पशुपन्छी तथा मस्य उत्पादन तथा प्रर्वद्धन कार्यक्रम केन्द्रमा नयाँ रहेको कार्यालय प्रमुख सापकोटाले जानकारी दिए ।
कृषि आधुनिकरणको ८२.३ प्रतिशत वित्तिय प्रगती
गत आव सम्म प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना रहेको कार्यालय यस वर्ष देखी राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम, कार्यक्रम कार्यान्वय एकाई भएको छ । यस कार्यालयले गत आवमा पुँजीगत तर्फ ६८.२३ प्रतिशत र चालु तर्फ ८३.५५ प्रतिशत गरी कुल ८२.३ प्रतिशत वित्तिय प्रगती गरेको छ ।
एकाइले बार्षिक अवधिको भारित प्रगती पुँजीगत तर्फ ७४.४५ प्रतिशत र चालु तर्फ ९३.९ गरी कुल ९१.३० प्रतिशत गरेको एकाइका निमित्त प्रमुख नारायण पौडेलले जानकारी दिए । पौडेलका अनुसार गत वर्ष ६ वटा बालि विशेष जोन र सुपर जोड संचालन गरिएको थियो । जसमा मकै जोन, आलु जोन, घान जोन, तरकारी जोन, बाख्रा जोन र अलैजी जोन संचालन गरिएको हो । विशेष गरी बागलुङमा आलु, बाख्रा अलैची र गाईभैसी धान बाली बस्तुहरु प्राथमिकतामा रहेको पौडेलले जानकारी दिए ।
एकाइले गत वर्ष ३ वटा नर्सरी श्रोत केन्द्र स्थापना, २ वटा सामुदायिक सिंचाइृ पूर्वाधार कार्यक्रम, ३८६ वटा भकारो सुधार कार्यक्रम करिब ९९.५ हेक्टरमा विभिन्न बालीका लागि बस्तुको चक्लाबन्दी खेती र बाँझो जमिन सदुपयोगका साथै सामुहिक खेतीको प्रोत्साहन कार्यक्रम संचालन गरको छ । त्यस्तै ८२ वटा वटा स्थानिय जातको बाख्रासँग क्रस गराई मासु पाठापाठीको परिमाण संख्या बृद्धिका लागि पशु नस्ल सुधार कार्यक्रम संचालन गरेको छ ।
एकाइले प्याकेजिङ र लेभलीङ कार्यक्रम, विउ उत्पादन कार्यक्रम र भण्डारण प्रशोधन उद्योग स्थापना कार्यक्रम समेत संचालन गरेको एकाइ प्रमुख पौडेलले जानकारी दिए ।
एकाईका चालु आर्थिक वर्षमा पुँजीगत तर्फ ५० लाख रुपैयाँ चालु तर्फ ६ करोड ७४ लाख २१ हजार गरी कुल ७ करोठ २४ लाख २१ हजार रुपैयाँ विनियोजन भएको छ । जसमा अलैची जोन, बाख्रा जोन, आलु जोनका साथै स्थानिय तहमा कार्यरत प्राविधिकहरुको लागि पकेट र व्यक विकास कार्यक्रम कार्यान्वय अभिमुखिकरण , विउ उत्पादन कार्यक्रम परियोजनाको उपलब्धी तथा सिकाई भिलेखिकरण र जोन संचालन समरनवय समितिको गठन जस्ता कार्यक्रम रहेका छन । यसका साथै माटो स्वास्थ्य सुधार कार्यक्रम, हरियो मल जैविक मल प्रर्वद्धन कार्यक्रम रहेको पौडेलले जानकारी दिए । कार्यालयले पर्वतमा पनि कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
बागलुङ कृषि र पशुपालन क्षेत्रको उर्भर भुमी हो–मन्त्रि पाठक
कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले बागलुङ कृषि र पशुपालन क्षेत्रको उर्भर भुमी भएको बताए । उनले राम्रो उत्पादन हुने ठाउँ बाँझो बनेको हुँदा युवा शक्तिलाई कृषिमा लाग्ने वातावरण राज्यले गराउनुपर्ने बताए । पाठकले राज्यले कृषि क्षेत्रमा लगानी बढाए आत्मनिर्भरको बाटो डोराउनुपर्ने कुरामा जोड दिए । उनले तल्लो तहका किसानलाई ध्यान दिएर कृषि अनुदानका कार्यक्रम संचालन गर्नुपर्ने बताए । पाठकले गण्डकी प्रदेशले हालै मात्र निर्णय गरेको कार्यालय खारेज र केही कार्यालय गाभिएको विषयले बागलुङमा प्रभाव परेको भन्दै बागलुङमा रहेको घरेलु तथा पर्यटन कार्यालय पर्वतमा नजाने बताए । ‘मैले मुख्यमन्त्रीलाई भनिसकेको छु, बागलुङको उद्योग पर्यटन कार्यालय पर्वत सर्ने कुरा रोकिएको छ । बागलुङमा नै रहेको सामाजिक विकास कार्यालय सँगै सेवा प्रदान हुनेछ । यहाँका कार्यालय कुनै पनि अन्य जिल्ला जानेछैनन् ।’ उनले सवै उद्योगी व्यवसायी र आम बागलुङबासी सवैले यहीबाट सेवा लिन पाउने बताए ।
कार्यक्रममा जैमिनी नगरपालिकाका नगरप्रमुख नरबहादुर पुन, कृषि भुमी तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशका सचिव बासुदेव रेग्मी, बागलुङका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ लगायतले बोलेका थिए । कार्यक्रममा सहभागी पत्रकार र कृषकले आफ्ना धारणा राखेका थिए ।
कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाको अध्यक्षता, कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत सन्तोष अधिकारीको स्वागत र राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाइका कृषि अधिकृत दिनेश पन्तको संचालनमा सम्पन्न भएको थियो ।