बागलुङ- पहिरोका कारण कालिगण्डकी करिडोर बागलुङ खण्ड अवरुद्ध भएको छ । बागलुङको जैमिनी नगरपालिका वडा नं. ८ छिस्ती बेलबगर चौरीखोला पुल नजिकै सडक माथिबाट आएको पहिरोका कारण करिडोर बागलुङ खण्ड पूर्ण रुपमा बन्द भएको हो ।
जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माका अनुसार विहिबार रातीबाट नै पहिरो खस्न सुरु गरेपछि शुक्रबार पहिरो हटाउने प्रयास गरिएको थियो तर साँझ ४ बजे झनै ठुलो पहिरो आएपश्चात सडक पुर्ण रुपमा बन्द भएको छ ।
पहिरोका कारण कालिगण्डकी करिडोर हुँदै मुक्तिनाथ जाने पर्यटकहरु समेत अवरुद्ध परेका छन । भने बागलुङ हुँदै पाल्पा बुटबल जाने यात्रुहरु पनि फर्किन बाध्य भएका छन ।
पहिरोका कारण जैमिनी नगरपालिका–८ छिस्ती जाने मुख्य सडक पनि अवरुद्ध भएको उपप्रमुख शर्माले जानकारी दिए ।
पहिरो हटाउनका निम्ती कालिगण्डकी करिडोर आयोजनासँग समन्वय भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरिक्षक रामेश्वर त्वातीले जानकारी दिए । प्रहरीका अनुसार अहिले पनि पहिरो माथिबाट झर्ने क्रम रहेको हुँदा हटाउन समय लाग्ने भएको छ । ‘पहिरो माथिबाट बगिरहेको भन्ने रिर्पोट हामीसँग रहेको छ । ठुलो भएका कारण हटाउनका निम्ती समय लाग्ने देखिएको छ । डिएसपी त्वातीले भने,–‘हामी सवै निकायसँग समन्वय गरेका छौँ मौसमले साथ दिएमा साझा सम्म एकतर्फि सडक संचालन गर्नसक्छौँकी । उनले पहिरो ठुलो भएका कारण समय लाग्ने देखिएको बताए ।