बागलुङ–१ बाट युवा नेता सुवेदी सहित प्रत्यक्ष तर्फ १० जना सिफारिस

  • भदौ १९, २०७९

बागलुङ- आउँदो प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेपाली काँग्रेस बागलुङ क्षेत्र नं.–१ बाट युवा नेता डिल्लीराम सुवेदी सहित प्रत्यक्षमा १० जना सिफारिस भएका छन । काँग्रेस बागलुङका महाधिवेशन प्रतिनिधि र नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष समेत रहेका सुवेदी सहित प्रत्यक्ष तर्फ १० जना र समानुपातीक तर्फ ९ जना गरी कुल १९ जनाको नाम सिफारिस गरिएको छ । सुवेदी सँगै निवर्तमान आमन्त्रित केन्द्रीय सदस्य किरणराज शर्मा पौडेल, वर्तमान केन्द्रीय सदस्य चम्पादेवी खड्का, महाधिवेशन प्रतिनिधिहरु चिरञ्जीवी गौतम, जगदिशचन्द्र उपाध्याय, निवर्तमान जिल्ला सभापति दीपेन्द्रबहादुर थापा, पूर्व पार्टी सभापति संविधान सभा सदस्य प्रकाश शर्मा पौडेल, महाधिवेसन प्रतिनिधि भीम श्रीस, गण्डकी प्रदेश सरकारका पर्यटन उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मणिभद्र शर्मा र महिला नेतृ लक्ष्मी जिसी कार्कीको नाम सिफारीस गरिएको छ । 
समानुपातिकतर्फ महिला नेतृ खगेश्वरी शर्मा, पुर्व सांसद टंकप्रसाद शर्मा कँडेल, काँग्रेस नेता, धर्मबहादुर क्षेत्री, पूर्णबहादुर पौडेल, महाधिवेशन प्रतिनिधि प्रेमबहादुर छन्त्याल, भिम श्रीस, निवर्तमान केन्द्रीय सदस्य रत्ना शेरचन,  डा. रामबहादुर केसी र पुर्व पार्टी सभापति हरिप्रसाद श्रेष्ठको नाम सिफारिस गरिएको नेपाली काँग्रेस बागलुङ क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति चण्डीप्रसाद शर्मा पौडेलले जानकारी दिए । युवा नेता भिम श्रीषले भने प्रत्यक्ष र समानुपाति दुवै तर्फ आफ्नो उम्मेदवारी दाबी गरेका छन । 
 

प्रतिक्रिया