• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • बागलुङ ,
  • फोटो फिचर ,
  • कृषि

बागलुङमा यसरी मनाईयो धान दिवस (फोटो फिचर)

  • असार १५, २०८०

बागलुङ-   बागलुङमा २० औं राष्ट्रिय धान दिवस मनाईएको छ । बागलुङ नगरपालिका कार्यालयको आयोजना, जिल्ला सहकारी संघ, मिर्मिरे कृषि सहकारी संस्था र बागलुङ जेसिजकोको सहकार्यमा बानपा–३ नुवारा खहरेमा दिवस मनाईएको हो । जलवायु अनुकुलित मैत्री प्रविधि, धान उत्पादनमा बृद्धि भन्ने मुल नाराका साथ दिवस मनाईएको हो । कार्यक्रममा बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले नगरले उत्पादनमा बृद्धि ल्याउनका निम्ती कृषकलाई थप प्रोत्साहनका कार्यक्रम ल्याएको बताए । उनले अब कृषकले आधुनिक कृषिलाई अवम्बन गर्नु पर्ने बताए ।  श्रेष्ठले उन्नतजातका बिउ भिजन र आधुनिक औजारको प्रयोग गर्नु पर्ने भन्दै अब निर्वाहमुखी भन्दा पनि व्यवसायिक हिसाबले कृषि पेसालाई अंगाल्नु पर्नेमा जोड दिए । कृषिमा आधुनिकीकरण गर्न सके मात्रै आत्मनिर्भर बन्न सकिने उनको भनाई थियो ।
उनले अहिले पनि परम्परागत रुपमा कृषि गरिँदै आएको भन्दै अब कृषक दक्ष हुनु पर्ने बताए । कृषकलाई दक्ष बनाउनका लागि नगरपालिकाले तालिम लगायत अन्य कार्यक्रमहरु गर्ने बताए । 
कार्यक्रममा बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जिसी ‘अञ्जु’ बागलुङ नगरपालिका कृषि शाखाका प्रमुख सुवास सापकोटा, मिर्मिरे कृषि सहकारी संस्थाका अध्यक्ष नारायण प्रसाद शर्मा लगायतले धान दिवसले कृषकलाई थप प्रोत्साहन गरेको बताएका थिए । 
कार्यक्रम बागलुङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कंडेलको अध्यक्षता, नगरपालिकाका आर्थिक विकास समितिका संयोजक एवं वानपा १३ का वडा अध्यक्ष नारायण शर्मा पौडेलको स्वागत र मिर्मिरे सहकारीका सचिव थानेश्वर सुवेदीको संचालनमा सम्पन्न भएको थियो ।  धान दिवसको अवसरमा नगरप्रमुख श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी लगायतले खेतमै पुगेर धान रोपेका थिए । 

No description available.

No description available.

No description available.

प्रतिक्रिया