• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • समाज ,
  • स्थानीय सरकार

रात्माटामा एक घर एक धारा

  • साउन २९, २०८०

बागलुङ । बागलुङ नगरपालिका –३ रातामाटामा एक घर एक खानेपानी धारा निर्माण भएका छन । खानेपानी धारा निर्माण सँगै यस क्षेत्रका कुल १ सय ७९ घरधुरीमा नियमित खानेपानीको पहुँच पु¥याईएको छ । स्थानिय छहरेखोला मुहानदेखी करिब ४ किमीको पाईपलाईन बिछाएर यस क्षेत्रमा खानेपानी ल्याईएको हो ।  बागलुङ नगरपालिकासँग नेपाल स्वास्थ्यका लागि पानी (नेवा)को साझेदारमिा रातामाटा खानेपानी तथा सरसफाई आयोजना माफर्त यस क्षेत्रका उपभोक्ताले नियमित खानेपानी उपभोग गर्न पाउने भएका छन ।  
गत पौषको अन्तिम सातामा सम्झौता भएर सुरु भएको आयोजनाको सोमबार बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले उद्घाटन गरेका छन । 
बागलुङ नगरपालिकाको १६ लाख ९३ हजार ७९४ रुपैयाँ, नेवाको ६७ लाख ५९ हजार ९८५ रुपैयाँ, उपभोक्ताबाट नगद ६ लाख ३४ हजार १८३ रुपैयाँ  र जनश्रमदान १९ लाख ६९ हजार ९१६ रुपैयाँ  गरी जम्मा १ करोड ९ लाख ७५ हजार ७५७ रुपैया लागतमा खानेपानी आयोजना निर्माण भएको रात्माटा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सचिव दिपक शर्माले जानकारी दिए ।  
आयोजनाबाट १ सय ७९ घर, एक मन्दिर, एक विद्यालय र बागलुङ नगरपालिकाको रातामाटा स्थित कार्यालय गरी १ सय ८१ धाराको पहुँच पुगेको हो । आयोजना र उपभोक्ताको सक्रियतामा छोटो समयमा नै काम सम्पन्न गरी घर घरका घारामा पानी आएको हो । 
खानेपानी योजनाको उद्घाटन गर्दै  नगर प्रमुख श्रेष्ठले स्वास्थ्यको सफा खानेपानी सबैको मौलिक अधिकार भएको बताउदै शहरमा भन्दा गाँउमा बस्ने नागरिकले कम लागतमा सफा पानी उपभोग गर्न पाएको बताए । 
बागलुङ बजार क्षेत्रमा मोटो रकम खर्च गर्दा पनि सफा पिउने पानी ल्याउन कठिनाई भएको बेला नजिकैको गाउँमा बस्ने नागरिकले मुहानको सफा पानी उपभोग गर्न पाउनु सुखद पक्ष भएको बताए । उनले नगरक्षेत्रका सवै गाउँ टोलमा खानेपानीको अभावन हुन नदिने नगरको पहिलो प्राथमिकता रहेको बताए । श्रेष्ठले नगरवासीको आवश्यकतालाई मध्यनजर गरी विकासका काम आगाडि बढाउने नगरपालिका प्रतिवद्ध रहेको बताए । 
कार्यक्रममा बागलुङ नगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष कुमार विक्रम क्षेत्री, नगरकार्यपालिका सदस्य धनमाया शर्मा, नेपाल स्वास्थ्यका लागि पानी (नेवा) प्रदेश कार्यालय बागलुङका प्रमुख रमेश दाहाल, खानेपानी आयोजनाको सल्लाहकार मुरारी शर्मा लगायतले खानेपानी योजनालाई दिगोपना दिन स्थानिय उपभोक्तालाई आग्रह गरेका थिए ।  खानेपानी आयोजनामा सम्पन्न भए पश्चात धारामा नियमित पानी खस्न थालेपनि यस क्षेत्रका बासिन्दाको दैनिकीमा सहज भएको छ । 
 

प्रतिक्रिया