सार्वजनिक सुनुवाईमा नागरिकका प्रश्न: सहज सेवा कहिले पाईन्छ ?

  • मङ्सिर १, २०८१

बागलुङ- जिल्लाको जैमिनी नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को पहिलो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । कार्यक्रममा चौमासिक प्रगति विवतरण प्रस्तुत गर्दै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिबहादुर भुजेलले नगरपालिका भित्र संघ, प्रदेश र स्थानीय तहको गरी कुल ५३९ वटा योजना रहेकोमा पहिलो चौमासिकमा ५२ योजनाको लागत स्टीमेट तयार भएको, २० योजना सम्झौता भएको र चार वटा योजना कार्यान्वयन भएर पनि फर फारक भएको बताए । 
चालु आर्थिक वर्षमा कुल ७२ करोड ६० लाख बजेटमध्ये पुँजीगतर्फ २१ करोड ४६ लाख बजेट नगरपालिकाले विनीयोजन गरेको उनले बताए । उक्त बजेटमध्ये पुँजीगततर्फ ३.४१ प्रतिशत र चालुतर्फ २४.८ प्रतिशत बजेट खर्च भएको उनले जानकारी गराए । चालु आर्थिक वर्षमा २८ वटा ऐन, ३ वटा नियमावली, ८ वटा निर्देशिका, ४१ वटा कार्यविधि र ५ वटा मापदण्ड नगरपालिको निर्णाण गरेको उनले बताए । उनले नगरपालिकाबाट तय गरिएका योजनाहरु यही मंसिर मसान्त भित्र सबै वडामा पुगेर सम्झौता गर्ने तयारीमा रहेको समेत उनले बताए ।
 ‘हामीले सामाजिक सुरक्षा भत्ता वडा र टोलबाटै वितरण गर्ने गरेका छौं, मंसिर मसान्तभित्र सबै वडामा योजना सम्झौता, उपभोक्ता समिति गठन, समितिको खाता सञ्चालन तथा उपभोक्ता समितिलाई प्रशिक्षणका लागि पुग्छौं,’उनले भने,‘समयमै योजना सम्पन्न गरी दीगो बनाउने विषयमा हामी सचेत छौं ।’ कृषि एम्बुलेन्स मार्फत कृषकका उत्पादन संकलन गरी बजारीकरण गर्ने तयारी गरिएको समेत उनले बताए । शैक्षिक सुधारका लागि विद्यालय मर्ज, डाउन साईजिङ गर्ने कार्य टुङ्ग्याएको, शिक्षकको दरबन्दी मिलान गरिएको उनले जानकारी दिए । 
लिड स्कुल सञ्चालनमा आएको पनि उनले जानकारी दिए । जग्गाको वर्गीकरण गरिएको, नगर अस्पतालका लागि सबै तयारी पूरा गरेर स्रोत सुनिश्चितताका लागि अर्थ मन्त्रालयको पठाएको उनले बताए । नगरपालिकाको प्रशासनिक भवन यही पुस मसान्त भित्र पूरा गर्नेगरी निर्माण जिम्मा दिए पनि अहिलेसम्म ४५ प्रतिशत मात्रै भौतिक प्रगति भएको उनले बताए । जैमिनी नगरपालिका—८ छिस्तीको वडा कार्यालय नजिकै रहेको छिस्ती स्वास्थ्यचौकी प्राङ्गणमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकले नगरपालिकाले नागरिकले सहज सेवा पाउनेगरी काम गर्न नसकेको गुनासो गरे । May be an image of 6 people, people studying and text
‘स्थानीय सरकार आयो, नजिकै सेवा आयो भने तर हामी नागरिकको समस्या उस्तै छ,’ कार्यक्रममा सहभागीले भने,‘नागरिकको करबाट सेवा सुविधा लिने जनप्रतिनिधि र कर्मचारीले हाम्रो समस्या कहिले देख्छन् रु’ जैमिनी नगरपालिकाको आयोजना पिपुन्स मिडिया एण्ड रिसर्च सेन्टरको सहजीकरणमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै स्थानीय रघुनाथ पौडेलले भने,‘हाकिम साबले यहाँ भन्दा नगरपालिकाले अब काम गर्न केही बाँकी नरहेको भने जस्तो गरी यसो र उसो गरेम भनेर भन्नुभयो । तर हामीले देख्नेगरी केही काम भएको छैन ।’ 
योजना कार्यान्वयन गर्दा प्राविधिक नआउने, किसानलाई पशु र कृषि प्राविधिक सेवा पाईदैन र बालबालिका पढाउन शहर पस्ने  अवस्था छ यो कहिले रोकिन्छ रु उनले प्रश्न गरे । केशवराज दर्जीले माईकाथान जाने सडकलाई सौतेनी व्यवहार गरिएको भन्दै सडक खन्दा गरिब निमुखालाई घरबार बिहीन बनाउने काम गरिएको गुनासो गरे । लक्ष्यबहादुर पुनले सामुदायिक खानेपानीलाई नगरपालिकाले सहयोग नगर्दा कर्मचारी धान्न कठिन भएको दुखेसो गरे टेकबहादुर रायमाझीले कतिपय योजनामा पहिलो फरफारक गरेर पछि मात्रै काम गरेको भन्दै प्रश्न उठाए । 
नौरुपी पुनले दुर्घटना बढि भएका कारण अकलादेवी मन्दिर बनाउन सहयोगका लागि आग्रह गरिन् । स्थानीय सन्तबहादुर रायमाझीले खोलाखानीका लागि विनीयोजन भएको तीन लाख रुपैयाँ कता गयो भनि प्रश्न गरे । दयाराम शर्मा ले सडकमा गरेको लगानी बालुवामा पानी भएको गुनासो गरे । ‘यो वर्ष एक ठाउँमा खर्च ग¥यो अर्को वर्ष अर्को ठाउँमा खर्च हुन्छ । यो वर्ष काम गरेको ठाउँमा अर्को वर्षसम्म बगेर गैसकेको हुन्छ,’उनले भने । उनले ठेकेदारलाई काम गराउने कुरामा नगरपालिकाले चासो नदेखाएको बताए ।

May be an image of 5 people
 ओमकार पौडेलले जैमिनीमा बाँदर पार्क जरुरी हो कि स्थानीयको शिक्षा, स्वास्थ्य र रोजगार जरुरी हो भनि प्रश्न गरे । दिलबहादुर श्रीसले एसइइमा शून्य ल्याएका विद्यालयको गुणस्तर सुधार गर्न के गरियो रु भोजराज शर्मा पौडेलले बेलबगर पूर्ण गाउँ पर्यटकीय योजना नगरपालिकाकै कारण अलपत्र परेको भन्दै बाँदर पार्कका लागि विनीयोजन भएको २५ लाख गहाँ गयो भनि प्रश्न गरे । दिलबहादुर दमैले आफ्नो घर नभएको भन्दै घरबासको व्यवस्था गरिदिन माग गरे । 
कार्यक्रममा नागरिकले उठाएका प्रश्नको जवाफ दिदै जैमिनी नगर प्रमुख नरबहादुर पुनले आफुहरुले दीर्घकालिन योजना बनाएर योजना छनो गर्ने चरणमा पुगेको बताए । ‘अब मन लाग्दी योजनाको छनोट हुँदैन हामीले योजना बैंक बनाएर प्राथमिकताको आधारमा बजेट विनीयोजन गर्ने तयारी गरेका छौं,’उनले भने,‘जैमिनी भित्रका सबै सडकको गुरुयोजना बनेको छ । त्यही अनुसार बजेट विनीयोजन हुन्छ ।’ जादुको छडि जस्तो विकास निर्माणको काम नभएको भन्दै उनले सबैको सहयोगबाट काम गर्दै जाँदा सफलता मिल्ने बताए । 
उनले नागरिकका गुनासो र सुझावले भोलीका दिनमा काम गर्नका लागि प्रेरणा मिल्ने बताए । यो पटक भूगोल, जनसंख्या र राजस्वको आधारमा वडामा बजेट विनीयोजन गरिएको उनले बताए । उपप्रमुख हरिहर शर्माले नागरिकको आवश्यकता र चाहाना बढि भएको तथा स्रोत र साधनको कमि भएकाले समस्या भैरहेको बताए । ‘हामीसंग अनगिन्ती समस्या र आवश्यकता छन्, बजेट सिमिति छ, त्यही सिमित बजेटले काम गर्दा सबै काम गर्न नसकिएको र प्राथमिकताको आधारमा काम अगाडि बढाउनेछौं,’उनले भने ।

No photo description available.
जैमिनी नगरपालिका सुशासन समितिका संयोजक एवं वडा नम्बर २ का अध्यक्ष प्रेम सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत जैमिनी नगरपालिका—८ का अध्यक्ष बिमल श्रीसको स्वागत र पत्रकार तारानाथ आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा पत्रकार नारायण रिजालले नागरिक सर्वेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए भने पत्रकार प्रकाश बरालले टिप्पणी गरेका थिए । 

May be an image of 4 people and text

May be an image of 10 people and textMay be an image of 11 people and text

प्रतिक्रिया