बागलुङ - जन्मदिनको अवसरमा हुँने फजुल खर्च कम गर्दै बागलुङ नगरपालिका–८ सिगाना निवासी गोविन्द प्रसाद गौतमले मानव सेवा आश्रमलाई खाद्यन्न सहयोग गरेका छन ।
आफ्नो ६५ औं जन्मदिनको अवसरमा मानव सेवा आश्रम बागलुङ शाखामा पुगेर उहाँले खाद्यन्न हस्तान्तरण गरेका हुन ।
दाताको भरमा चल्दै आएको आश्रमलाई गौतमले दुई बोरा चामल, एक कार्टुन तेल, दाल, आटा, चाउचाउ र तरकारी आश्रमका संयोजक विपना तामाङलाई हस्तान्तरण गरिएको थियो । उनले आश्रमका सहयोगा पेक्षीहरुलाई दैनिक जीवन यापनमा सहयोग पु¥याउनका लागि १० हजार बराबरको आद्यन्न सामाग्री हस्तान्तरण गरेका थिए ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै गौतमले जन्मदिनको अवसरमा आफ्ना दिवंगत आमा बुबाको संझनामा स्वरुप खाद्यन्न सहयो गरेको बताए । सहयोग हस्तान्तरण कार्यक्रमको सहजीकरण गौतमका छोरा तथा नेपाल पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष खेमराज गौतमले गरेका थिए । थियो । यस्तै उनले आदर्श सञ्चार सहकारी संस्थाले स्थापना गरेको आदर्श दैविक प्रकोप कोषमा एक हजार १२० रुपैया जम्मा गरेका छन ।