बागलुङको जैमिनी नगरपालिका–९ पैयुथन्थापमा नेकपा एमालेका इन्द्र थापा ५ भोटले विजयी भएका छन । एक हजार ३१७ मतसंख्या खसेको पैयुमा ६०३ मत ल्याएर थापा बिजयी भएका हुन । उनका प्रतिस्पर्धी गठबन्धनको तर्फबाट राजमोका भगिन्द्र कुमार थापा ५९८ मत ल्याएका हुन । अन्य सदस्यहरु भने गठबन्धले जितेको छ । यस्तै महिला सदस्यमा शान्तकला शर्मा, दलित सदस्य मिना परियार र सदस्यमा नवीन थापा र नरजंग राना विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।