बागलुङमा प्रथम एसईई कप फुटसल प्रतियोगिता हुने

  • जेठ २, २०८३

बागलुङ सम्पदा अंकित स्पोर्टस्को आयोजनामा माध्यमिक शिक्षा परीक्षा (एसईई) कप फुटसल प्रतियोगिता हुने भएको छ । दुई दिन चल्ने प्रतियोगिताको तयारी चलिरहेको आयोजक बागलुङ सम्पदा अंकित स्पोर्टस्का प्रोपाइटर सौगातजंग खड्काले जानकारी दिए ।

प्रतियोगिता जेठ ८ र ९ गते रस आवर फुटसल मैदानमा हुनेछ । प्रतियोगिताको विजेताले १५ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद ८ हजार रुपैया प्राप्त गर्नेछ । आयोजकका अनुसार, प्रतियोगितामा विधागत रुपमा सर्वाेत्कृष्ट खेलाडि, उत्कृष्ट गोलरक्षक, उदयमान खेलाडि र सर्वाधिक गोलकर्तालाई ट्रफी प्रदान गरिने छ ।

विद्यालय स्तरमा रहेका प्रतिभावान खेलाडिलाई खेल एक्सपोजर प्रदान गर्न, फुटबल खेलप्रति आकर्षित गर्न र भविष्यमा देशकै प्रतिनिधित्व गर्न सक्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलाडि उत्पादन गर्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको अपेक्षा छ ।

१ लाख २५ हजार रुपैयाँ खर्च अनुमान गरिएको प्रतियोगितमा १६ टिम सहभागि हुने आयोजकले अनुमान गरेको छ । खेलकुदका शुभचिन्तक र विभिन्न संघसंस्थाको सहयोगमा प्रतियोगिता आयोजना गरिएको खड्काले जानकारी दिए । 

प्रतिक्रिया