जनताको चेतनामा परिवर्तन नभएसम्म देशले उद्देश्य हासिल गर्न सक्दैन : चित्रबहादुर केसी

  • जेठ १३, २०७९

राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं नेपाल सरकारका पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले सरकारमा रहेका दलका नेताले बोलीमा मात्रै जनताको समस्या समाधान गरेकोले अब व्यवहारमा समस्या समाधान गर्ने नेताको आवश्यकता रहेको बताए । केसिले नेपालमा विकास सहर केन्द्रित रहेकोले अब गाउँकेन्द्रित गर्नुपर्ने बताए ।  श्री कृष्ण भैरव आँखा उपचार केन्द्र गलकोट नगरपालिका वडा नम्वर ७ को उद्घाटन गर्दै पूर्वउपप्रधानमन्त्री केसीले सहर केन्द्रित विकासका कारण गाउँ समाज समृद्ध बन्न नसकेको बताए । 

केसीले जनताको चेतनामा परिवर्तन नभएसम्म देशले उद्देश्य हासिल गर्न नसक्ने बताए । शिक्षा र स्वास्थ्य निजिकरण भएको छ, पूर्वउपप्रधान्मन्त्री केसीले भने संविधानमा मात्रै मौलिक अधिकारको रुपमा व्याख्या गरीयो तर व्यवहारमा लागु हुन सकेन । उहाँले युवा पुस्ता पलायन हुँदा गाउँ तथा समाज विकास हुन नसकेको दावी गरे

कार्यक्रममा श्री कृष्ण नेत्रालयकी प्राध्यापक डाक्टर सल्मा केसीले आफ्ना हजुरबुवा कृष्ण केसीको स्मृतिमा गलकोटको मल्ममा श्रीकृष्ण भैरव आँखा उपचार केन्द्र स्थापना गरेको बताए । उनले गलकोट नगरपालिकाबाट स्वास्थ्य क्षेत्रबाट विशिष्ट योगदान गरेको भन्दै प्राप्त गरेको सम्मान रकम २१ हजार आँखा शिविरमा खर्च गर्ने घोषणा गरे । 

कार्यक्रममा राष्ट्रिय जनमोर्चा गलकोट नगर अध्यक्ष टंक केसी, गलकोट नगरपालिका वडा नंम्वर ७ का वडा अध्यक्ष राज बहादुर थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । श्रीकृण्ण भैरव आँखा उपचार केन्द्र स्थापना तथा सञ्चालनको लागि घुम्टे युवा परिवार जापान शाखाको नेतृत्वमा संकलित २७ लाख ४ हजार ७ सय ९१ रुपैया बराबरको आँखा उपचार मेसिन डाक्टर सल्मा केसीलाई परिवारका सचिव तुलविर थापाले हस्तान्तरण गर्नुभएको थियो ।

त्यस्तै भैरव परिवारबाट १८ लाख ३ हजार २ सय २२, अष्टेलियाबाट ६ लाख ८४ हजार २ सय ५५ सहयोग गर्ने सहयोगदातालाई सम्मान गरिएको थियो । सोहि अवसरमा गलकोट नगरपालिकाद्धारा स्वास्थ्य क्षेत्रमा विशिष्ट योगदान पुर्याउने डाक्टर सल्मा केसीलाई नगद तथा सम्मानपत्र नगरप्रमुख भरत शर्मा गैरेले डाक्टर केसीलाई हस्तान्तरण गर्नु गरेका थिए । 

श्रीकृष्ण नेत्रालय भैरहवाको प्राविधिक सहयोग, हरिकृष्ण आईकेयर फाउण्डेशन, लायन्स क्लव अफ बुटवल मणिउजेशको सल्यक्रिया, घुम्टे युवा परिवार जापानको सहयोगमा शुक्रबारदेखि ३ दिने निःशुल्क आँखा शिविर सुरु भएको हो ।

कार्यक्रम श्रीकृष्ण भैरव आँखा उपचार केन्द्र गलकोट नगरपालिका ७ मल्मका अध्यक्ष लोक बहादुर थापाको अध्यक्षता, उपाध्यक्ष बसन्त क्षेत्रीको स्वागत तथा सदस्य थम्मन थापा सन्देशको सञ्चालनमा सम्पन्न भएको थियो । शिबिरको पहिलो दिन २ सय १ जनाले सेवा लिएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया