• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • समाज ,
  • कला/मनोरञ्जन

बागलुङमा चङ्गाचेट प्रतियोगिता

  • कार्तिक १८, २०८०

बागलुङ- दशैलाई विदा गरे सँगै नेपाली समाज दिपावलीको पखाईमा छ । खुल्ला मौसम रमणीय वातावरण निलो आकाश र शनिबार बागलुङको आकाशमा भने दजैनौ चङ्गा उडिरहेका थिए । 
स्कुले केटाकेटी देखी युवा र पाका पुस्ता पनि बागलुङको धौलागिरी बहुमुखी क्याम्पस प्राङ्गणमा चङ्गा उडाईरहेका थिए । सामाजिक कार्यसंगै युवाहरुको क्षमता अभिबृद्धिमा काम गर्दै आएको रोट्रयाक्ट क्लव अफ बागलुङले दिपावलीको अवसरमा आयोजना गरेको चंगा चेट प्रतियोगिता कार्यक्रममा  चङ्गा चेट पार्ने होडबाजी  नै चलेको थियो ।  धागोको लट्टाइ बोकेर खाली चौरतिर चङ्गा उडाएर आनन्द लिइरहेका थिए । विस्तारै हराउँदै गएको संस्कृति संरक्षणका निम्ती क्वलबले प्रतियोगिताको आयोजना गरेको क्लबका अध्यक्ष सुस्मिता केसीले जानकारी दिईन । 
पर्यटकीय स्थलको प्रचार प्रसार हुने र पुरानो सँस्कृतिको जगेर्नामा मद्दत पुग्ने हुँदा प्रतियोगिता संचालन गरिएको केसीको भनाई छ ।  कार्यक्रमको सुरुवात गर्दै गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दिपेन्द्रबहादुर थापाले पर्यटन प्रवद्र्धनमा सवैको सहकार्य आवश्यक रहेको बताएका छन ।  उनले यस्ता परम्परागत संस्कृति झल्कने कार्यक्रमले नयाँ पुरुतालाई आफ्नो संस्कृतिको बारेमा थाहा पाउने बताए । उनले  पछिल्लो समय पर्यटन प्रवद्र्धनका कामहरु बिस्तारै  बढ्न थालेको बताए । प्रतियोगितामा १७ जनाको सहभागीता रहेको थियो । जसमा ७ वटा चंगा चेट गर्दै बविन शाक्य उत्कृष्ट भएका छन ।  शाक्यलाई नगद ५ हजार ५ सय ५५ रुपैया सहित ट्रफि प्रदान गरिएको थियो । साथै लक्की ड्र तर्फ पनि आकर्षक उपहार प्रदान गरिएको थियो ।   
उत्कृष्ट हुने प्रतियोगिलाई पर्यटन तथा उद्योग कार्यालयका प्रमुख पारसिह थापाले पुरस्कार वितरण गरेका थिए ।  कार्यक्रम क्लवका अध्यक्ष सुस्मिता केसीको अध्यक्षता, आगामी अध्यक्ष एवं मूल संयोजक सौरभ केसीको स्वागत र उपाध्यक्ष बिरोश क्षेत्रीको संचालनमा सम्पन्न भएको थियो ।
 

प्रतिक्रिया