बागलुङ- चैत्राष्टमी मेलाको दोहोरी गित प्रतियोगिताको उपाधी बेष्टवान रेष्टुरेण्ट बागलुङका कलाकार राजु केसी र शोभा कार्कीले हाता पारेका छन । राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठान बागलुङ र बेष्टवान बिच भएको फाईनलमा वेष्टवानले कुल २ हजार ९० अंक र प्रतिष्ठानले २ हजार ८८ नम्बर ल्याएका थिए ।
प्रतिष्ठानको तर्फबाट सुमन खड्का र शर्मिला विसीले गाएका थिए । प्रथम भएको समुहले नगद तीन लाख पुरस्कार पाएको छ । दोस्रो भएको लोकदोहारीगित प्रतिष्ठान बागलुङल नगद एक लाख ५० हजार पुरस्कार प्राप्त गरेको छ ।