बडिगाड र बरेङमा भिरबाट लडेर दुई जनाको मृत्यु 

  • पुस १४, २०७८

बागलुङ- जिल्लाको बडिगाड गाउँपालिका र बरेङ गाउँपालिकामा भएको छुट्टाछुट्टै घटनामा दुई जना मृत अवस्थामा फेला परेका छन । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार मंगलबार साँझ बडिगाड गाउँपालिका–१ बेतनीमा रहेको निर्माणाधिन जिमि सक्नियर खानेपानी तथा सरसफाई आयोजनमा काम गर्ने कामदारको भिर बाट लडेको अवस्थामा शव भेटिएको हो ।  बडिगाड गाउँपालिका–२ जिमिका २४ बर्षिय कमल गिरीको मृत्यु भएको प्रहरी नायब उपरिक्षक इकवाल हवारीले जानकारी दिए । 
खानेपानी योजनाको पाईप लाईन खनी फर्कने क्रममा गारेटो बाटो बाट अन्दाजी ३५ मिटर तल भिरमा खसी गिरीको घट्ना स्थलमै मृत्यु भएको डिएसपी हवारीले बताए । त्यसैगरी बुधबार विहान नै जिल्लाको बरेङ गाउँपालिकामा पनि एक व्यक्ति मृत अवस्थामा भेटिएका छन । सल्यान जिल्ला कपुरबोट गाउँपालिका–६ घर भई हाल सडक निर्माणको काममा सलिथुम्का निर्माण सेवा अन्तरगत काम गर्ने ५५ बर्षिय तिल बहादुर महतरा मृत अवस्थामा फेला परेका हुन । मंगलबार साँझ देखी सम्पर्क बाहिर रहेका महतरा नामु्रक बरेङ कच्ची सडकबाट अन्दाजी ३ सय मिटर तल भिरमा खसी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । मंगलबार साँझ देखी नै हराएका महतरा बुधबार विहान नौ बजे मृत अवस्थामा भेटिएका हुन । दुवै घटनाको थप अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।  
तश्विर ः बडिगाड गाउँपालिका १ बेतनीमा मृत अवस्थामा भेटिएका कमल गिरी
 

प्रतिक्रिया