नगरखानेपानीलाई सरोकारवालाकाे सुझाव: धारामा नियमित पानी ल्याउँ, त्यसपछि शुल्क बढाऊँ

  • असोज १२, २०८१

बागलुङ- बागलुङ नगरखानेपानी तथा सरसफाई उपभाक्ता संस्थालाई जिल्लाका सरोकारवालाले पहिले उपभोक्ताको घर—घरको धारामा नियमित पानी ल्याए पछि मात्र शुल्क बुद्धि गर्नका निम्ती सुझाव दिएका छन । शनिबार बागलुङ नगरपालिका प्रमुख बसन्त कुमार श्रेष्ठको अध्यक्षतमा बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदी सहित प्रहरी प्रमुख नगरक्षेत्रमा क्रियाशिल राजनितिक दलका प्रमुख एवं प्रतिनिधि, खानेपानी संस्थाका पुर्व अध्यक्ष तथा पदाधिकारी र उपस्थित उपभोक्ताहरुले सो सुझाव दिएका हुन ।
नगरखानेपानी संस्थाले खानेपानीको शुल्क बृद्धिका लागि छलफल गर्न आह्रान गरेको बैठकमा सहभागी सवैले पहिले नियमित खानेपानी ल्याउनुका साथै उठन बाँकी बक्यौता उठाएर प्रगतिशिल दररेट कायम गरी शुल्क बृद्धि गर्न सुझाव दिएका छन । सरोकारवालाले मंसिर १ गते सम्म नगरभित्रका आम उपभोक्ताको धारामा नियमित खानेपानीको व्यवस्थापन गरी न्युनतम १ सय रुपैयाँ बढाउन सुझाव दिएका छन । ‘पहिले नगरखानेपानी संस्था भित्रको वेथिति हटाउनुहोस, बजार क्षेत्रमा धेरै नै बक्यौता उठ्न बाँकी छ रे त्यो उठाउनुहोस कार्यक्रममा सहभागीले भने,—‘क—कसले खानेपानीको महशुल तिर्न बाँकी छ त्यो विवरण सार्वजनिक गरौं । यो कार्यसमिति काम गर्ने वातावरण हामी सिर्जना गछौं । तपाईहरु गरेर देखाउनुहोस अनि मात्र शुल्क बृद्धि गर्नुहोस ।’
खानेपानी संस्थाले टिडिएप सँग गरेको सम्झौता बमोजिम केही मात्रामा शुल्क बृद्धि गर्नुपर्ने बाध्यता रहेको हुँदा सरोकारवाला सँग सुझावका लागि बैठकको आह्रान गरेको थियो । गत भदौ १ गते देखी न्युनतम तिन सय रुपैयाँका दरले बृद्धि गर्ने निर्णय गरेता पनि विभिन्न निकायबाट विरोध आए पश्चात संस्थाले उक्त निर्णय फिर्ता लिएको थियो । तर निर्माणाधिन अवस्थामा रहेको लिफ्टिङ आयोजना निर्माण सम्पन्नका निम्ती टिडिएफ सँग ऋण सम्झौता भएको र झण्डै २० करोड ऋण अझै तिर्न बाँकी रहेको हुँदा यो ऋण तिर्नका निम्ती पनि केही मात्रामा शुल्क बृद्धि गर्नुपर्ने बाध्यता रहेको नगरखानेपानी उपभोक्ता समितिका कार्यबहाक अध्यक्ष हरिबहादुर जिसीले जानकारी दिए  । जिसीका अनुसार २०६८ साल पौष २४ गते तत्कालिन समितिका अध्यक्ष केवि राना मगरले टिडिएफ सँग ऋण सम्झौता गर्दा न्युनतम ३ सय रुपैयाँ पु¥याउने सर्तमा संस्थाले ऋण लिएको थियो । ‘ऋण लिँदा नै शुल्क बृद्धि गर्ने सर्तमा सम्झौता भएको रहेछ, नविकरण गर्दा पुन टिडिएफले खानेपानी संस्थासँग आधार खोजेको छ कार्यबहाक अध्यक्ष जिसीले भने,—‘ टिडिएफलाई विश्वास दिलाउन पनि यस पटक बैज्ञानिक ढंगले शुल्क बृद्धि गर्नुपर्ने बाध्यता, उसले नै केही मात्रामा शुल्क बृद्धि गरे मात्र सम्झौता नविकरण गछौं भनेको छ । यदी हामीले न्युनतम मात्रामा पनि शुल्क बृद्धि गरेनौं भने आयोजना नै धरापमा पर्ने छ । समितिले मात्र निर्णय गर्दा विरोध आउने हुँदा सरोकारवाला सँग नै छलफल गरेका हौं सरोकार वालाको  सुझावमा महशुल बृद्धि गर्ने छौं । ’ 
उनले हाल न्युनतम महशुल अर्थात ८ हजार लिटर सम्म एक सय  रुपैया तिदै आएको बताए  । हालको महशुल कम्पनी दर्ता भएका ठुला हस्पिटल होटल र  उद्योगमा न्युनतम ८ हजार लिटर सम्म २ सय रुपैया अन्य होटल, उद्योगमा ८ हजार सम्ममा न्युनतम १ सय ५० रुपैयाँ रहेको थियो ।  संस्थाले ९ हजार लिटर भन्दा माथि उपभोग गरेको संस्थाले बनाएको मापदण्ड अनुसार थप रकम लिँदै आएको थियो । 
बैठकमा नगरप्रमुख श्रेष्ठले नगरपालिकाले आम उपभोक्ताको दैनिक उपभोग हुने खानेपानी जस्तो क्षेत्रमा गम्भिरता पुर्वक ध्यान दिएको हुँदा समितिलाई काम गर्ने वातावरण सिर्जना गर्ने बताए । उनले समितिमा रहेका हरेक व्यक्तिले आफ्ना लागि नभएर संस्थाको लागि काम गर्छु भन्ने उद्देश्यका साथ आगडी बढन् आग्रह गरे । श्रेष्ठले उपभोक्ताको धारामा नियमित खानेपानी आउने व्यवस्था तत्काल गर्नका लागि उपभोक्ता समितिलाई आग्रह गरेका थिए । ‘नगरपालिका समितिको साथमा छ तपाईहरु ढुक्क भएर काम गर्नुहोर सवैको घरघरमा नियमित पानी आउने वातावरण बनाउनुहोस नगरप्रमुख श्रेष्ठले भने—‘त्यसका लागि नगरपालिकाले नियमित सहयोग गर्ने छ । पहिले खानेपानी ल्याउ, बक्यौता पनि उठाउँ यसले सवै समाधान हुन्छ । शुल्क बृद्धिका लागि एउटा मापदण्ड तयार गरेर अगाडी बढौं ।  नगरप्रमुख श्रेष्ठले समितिका पदाधिकारी र सदस्य सवै जवाफदेखी ढंगले काम गर्नुपर्ने  सुझाव दिएका थिए । 
बैठकमा प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदी, उपप्रमुख राजु खड्का, प्रहरी उपरिक्षक ऋषिराम कंडेल, बागलुङ नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष कुमार विक्रम क्षेत्री, वडा नं. ३ का वडा अध्यक्ष सोनी केसी लक्ष्मण, नेपाली काँग्रेस बागलुङ नगरका सभापति उमाकान्त शर्मा बाबु, राष्ट्रिय जनमोर्चाका थानेश्वर सुवेदी रास्वपाका नेता खिमलाल सापकोटा, खानेपानी संस्थाका पुर्व अध्यक्ष हरिप्रसाद श्रेष्ठ जयराम भारी, संस्थाका कानुनी सल्लाहकार अधिवक्ता राम शर्मा राष्ट्रिय उपभोक्ता समितिका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, पत्रकार महासंघ बागलुङका पुर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारी संस्थाका पुर्व कोषाध्यक्ष लक्ष्मी बास्कोटाले खानेपानी संस्थाले उपभोक्ताको हितमा रहेर काम गर्नुपर्ने सुझाव दिएका थिए । 
बैठकमा संस्थाका सचिव जिवन आचार्यले शुल्क बृद्धि गर्र्नुको मुख्य कारण नै टिडिएफको ऋण भएका कारण बैज्ञानिक ढंगले शुल्क बृद्धि गरेर जानुपर्ने बाध्यता रहेको बताएका थिए । बैठकमा नेकपा एमाले उपस्थिती जनाएको थिएन भने एमालेबाट प्रतिनिधित्व गर्दै कार्यसमितिमा निर्वाचिन कुनै पनि सदस्यहरु उपस्थित थिएन । नगरखानेपानी संस्थाका अध्यक्ष केवी राना मगरले आफुले काम गर्ने नसकेको भन्दै केही समय पहिले पदबाट राजिनामा दिएका थिए । त्यस पश्चात खानेपानी संस्थाका किचलो बढ्दै गएको छ । नगरखानेपानीमा हाल झण्डै ४ हजार २ सय धाराबाट उपभोक्ताले खानेपानी उपभोग गर्दै आएका छन । 

प्रतिक्रिया