बागलुङ - आगामी स्थानिय तहको निर्वाचनका लागि आईतबार र सोमबार देशभर उम्मेदवारी दर्ताको लागि समय दिईएको छ । जिल्लाका १० स्थानिय तहको निर्वाचनमा पहिलो दिन जिल्लामा क्रियाशिल अधिकाशं राजनितिक दलको उम्मेदवारी परेन । जिल्लाको पश्चिम ढोरपाटन नगरपालिकाको नगर प्रमुख (मेयर) का लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले मात्र आफ्नो उम्मेदवारी दर्ता गरेको छ । ढोरपाटन नगरपालिकामा राप्रपाको तर्फबाट निमबहादुर भण्डारीले नगरप्रमुखका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन ।
नगरपालिकामा राप्रपा बाहेक अन्य कुनै पनि दलको उम्मेदवारी नपरेको ढोरपाटन नगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ऋषिराम रिजालले जानकारी दिए । रिजालका अनुसार मेयर सँगै राप्रपाको तर्फबाट वडा नं. ६ को वडा अध्यक्ष सहित वडा सदस्यमा पनि उम्मेदारी दर्ता भएको छ । वडा नंं. ६ को वडा अध्यक्षमा तुल बहादुर भण्डारी महिला सदस्यमा मनिषा भण्डारी, खुल्ला सदस्यमा जितबहादुर थापा र मुना भण्डारीको उम्मेदावारी परेको छ । राप्रपाले बाहेक अन्य कुनै पनि राजनितिक दल वा स्वतन्त्र रुपमा उम्मेदवारी नदिएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाका अन्य स्थानिय तहमा पनि अधिकाशं राजनितिक दलल