जैमिनिको नगरप्रमुखका लागि काँग्रेसबाट ११ जनाको दाबी

  • ब‌ैशाख १, २०७९

बागलुङ- जिल्लाको जैमिनी नगरपालिकाको नगरप्रमुखका लागि काँग्रेसबाट ११ जनाले दाबी प्रस्तुत गरेका छन । बुधबार काँग्रेस नगरसमितिको आकंक्षीहरुको भेला राखेको थियो । भेलाबाट ११ जनाले नगरप्रमुख र ४ जना उपप्रमुखका काँग्रेसबाट आफ्नो उम्मेदवारी दाबी गरेका छन । 
नगरप्रमुखका लागि नेपाली काँग्रेस बागलुङका जिल्ला सचिव तथा महाधिवेशन प्रतिनिधि हरिहर शर्मा  काँग्रेस गण्डकी प्रदेशका आमन्त्रीत सदस्य एवं महाधिवेशन प्रतिनिधि नवराज पौडेल, काँग्रेस बागलुङका पुर्व जिल्ला सचिव एवं महाधिवेशन प्रतिनिधि ओमकार थापा, महाधिवेशन प्रतिनिधि एवं निवर्तमान जिल्ला सहसचिव सिताराम रसाईली, गण्डकी प्रदेश आमन्त्रीत सदस्य कमलराज सापकोटा, क्षेत्र नं. २ प्रदेश (ख) का सभापति दलबहादुर श्रीष, पुर्व महाधिवेशन प्रतिनिधि हरिप्रसाद आचार्य, पुर्व क्षेत्रीय सभापति शिवलाल सापकोटा, निवर्तमान जैमिनी नगरसभापति काशिराम आचार्य क्षेत्रीय प्रतिनिधि मोहराज शर्मा र शेरबहादुर विक रहेका छन । 
नगर उपप्रमुखका लागि महाधिवेशन प्रतिनिधि एवं नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष उमाकान्त पौडेल, महाधिवेशन प्रतिनिधि भगवती सापकोटा, प्रदेश महाधिवेशन प्रतिनिधि उषा पौडेल, क्षेत्रीय प्रतिनिधि लक्ष्मण आचार्य र कौशिला विकले उम्मेदवारी दाबी गरेको नेपाली काँग्रेस जैमिनी नगरपालिकाका नगरसभापति प्रेम प्रसाद सापकोटाले जानकारी दिए । आचार्य अघिल्लो निर्वाचनमा जिल्ला समन्वय समितिको प्रमुखमा उपविजेता भएका थिए भने विक जैमिनी नगरपालिकाकै नगर उपप्रमुखमा उपविजेता बनेकी थिईन ।
यस अघि वर्तमान नगरप्रमुख इन्द्रराज पौडेलको पनि चर्चा चलेपनि उनले भने कुनै दाबी गरेका छैन । नगरकार्यसमितिले उम्मेदावरका आकंक्षी सँग एक पट छलफल गरेर मात्र माथिल्लो निकाय प्रदेश कार्यसमितिमा नामावाली पठाउने सभापति सापकोटाले बताए । अहिले आकंक्षीको नाम मात्र दर्ता गरेका छौं सापकोटाले भनेर यसलाई छलफल गछौं यही सहमती भयो भने धेरै राम्रो भयो नत्र माथिललो निकायमा जान्छ । प्रदेश कार्यसमितिले पनि क्षेत्रीय कार्यसमितिलाई पठाउने छ । 
नगरपालिकाको अन्तिम उम्मेदवारी छनौट गण्डकी प्रदेश कार्यसमितिले गर्नेछ ।  केन्द्र देखी नै गठबन्धन हुने निधो भए सँगै प्रमुख उपप्रमुखका लागि काँग्रेसमा पनि आकंक्षीहरु तिब्र रुपमा बढ्दै गएका छन । 

नगरप्रमुखका आकंक्षी शिवलाल सापकोटाको तश्विर उपलब्ध नहुँदा समावेश गर्न सकिएको छैन । सम्पादक
 

प्रतिक्रिया