रासायनिक मलको अबैध ओसारपसार र बिक्री गर्ने पक्राउ

  • भदौ ५, २०८३

बागलुङ - देशभरी रासायनिक मलको अभाव भै रहेको बेला बागलुङमा भने अवैध रुपमा ओसारपसार र विक्रि गरेको आरोपमा तिन जना पक्राउ परेका छन । 
 बुधबार बागलुङका लागि ल्याएको झण्डै २० बोरा रासायनिक मल अबैध रुपमा बिक्री गरेर विरगंज लैजान लागेको अवस्थामा प्रहरीले मल बिक्री गर्ने डिलर संचालक र कारोवार गरी ओसार्ने व्यक्तिलाई पक्राउ गरेको हो ।
बुधबार दिउँसो र बिहिबार बिहान गरी उक्त मल ओसारपसार गरेको अवस्थामा प्रहरीले पर्साको छिपरमाई गाउँपालिका–६ घर भई २५ वर्षदेखि बागलुङमा बसेर विभिन्न क्रियाकलाप गर्दै आएका ५३ वर्षिय दिनेश पंडित कुम्हारलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीसंगै बागलुङ नगरपालिका वडा नं. २ मा धौलागिरि बिउ भण्डार पसल संचालन गरेका कुलबहादुर राना मगर र वडा नं. ३ को शिवधारा चोकमा कालीग्ण्डकी एग्रोभेट पसल संचालन गरेका विनय शाक्यलाई पनि पक्राउ गरिएको हो ।
पंडितले धौलागिरि बिउ भण्डारबाट ५० केजीका ९ बोरा र कालीगण्डकी मल बीउ भण्डारबाट १० बोरा युरिया मल खरिद गरी विरगंज जाने गाडीमा राखेको भेटिएको हो । मल ओसार्दे गरेको फोटो र भिडियो प्राप्त गरेर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
बागलुङ स्थित साल्ट ट्रेडिङ कर्पोरेसनबाट मल खरिद गरी ती डिलरले बजार आसपासको क्षेत्रमा बिक्री गर्न अनुमति लिएका थिए । कर्पोरेसनले हरेक जिल्लाका लागि आवस्यकताको आधारमा मलको कोटा तोक्ने काम गर्छ । उक्त मल तोकेको भन्दा बाहिरको क्षेत्रमा बिक्री बितरण र ओसारपसार गर्न प्रतिबन्ध छ । बागलुङस्थित साल्ट ट्रेडिङ कर्पोरेसनले बागलुङ जिल्लाको विभिन्न स्थानका लािग मात्र मल ल्याउने गरेको छ । उक्त मल बरामद गरी प्रहरीले सुरक्षित राखेको छ
प्रहरीले बिउ तथा मल पसलहरुको अभिलेख रजिष्ट्रर लगायतका कागजात झिकाई थप बुझ्ने काम गरिहरेको प्रहरी उपरिक्षक फडिन्द्र प्रसाईले बताए । प्रहरीले उनीहरुलाई ‘कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ को दफा ४’ बमोजिमको कसुरमा उनीहरुलाई पक्राउ गरेको बताएको छ ।
जिल्ला प्रशासन कार्यालय बागलुङमा ६ दिनको म्याद थप गरेर अनुसन्धान अनुमति लिईको छ । उक्त दफा अनुसार अबैध कारोवार गर्ने तथा कालोबजारी गर्नेलाई १ वर्षसम्म कैद वा २ लाख ५० हजार रुपैयाँसम्म जरिवाना तथा दुवै सजाय हुने व्यवस्था गरेको छ ।
 

प्रतिक्रिया