अन्तर मावि स्तरीय हाजिर जवाफ प्रतियोगितामा चिल्डेनलाईफ प्रथम

  • ब‌ैशाख ५, २०७९

बागलुङ- धौलागिरी क्षेत्रका तिन जिल्लामा संचालन भएका विज्ञान र व्यवस्थापन विषयमा अध्यापन हुने माध्यामिक तहका विद्यालय विच हाजिरजवाफ प्रतियोगिता बागलुङमासम्पन्न भएको छ । चिल्डेनलाईफ अंग्रेजी आवासीय मावि बागलुङको आयोजनामा म्याग्दी, पर्वत, र बागलुङका विज्ञान र व्यवस्थापन संकायको अध्ययन हुने विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो ।
 विषेशगरी कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुका लागि आउँदो परिक्षालाई लक्षित गरी मुलत विज्ञान र व्यवस्थापन विषयमा नै हाजिर जवाफ प्रतियोगिता संचालन गरिएको चिल्डेनलाईफ अंग्रेजी आवासीय माविका प्रिन्सीपल नवराज श्रेष्ठले जानकारी दिए । 
विज्ञान विषयको प्रतियोगितामा आयोजक चिल्डेन लाईफ आवासीय मावि प्रथम, अमर आदर्श आवासीय मावि द्धितिय र विद्यामन्दिर मावि तृतिय भएका थिए । प्रतियोगितामा ६ समुहको सहभागिता रहेको थियो । हाजिर जवाफ प्रतियोगिताकै व्यवस्थापन संकाय तर्फ चिल्डेन लाईफ आवसीय मावि नै प्रथम भएको छ । प्रतियोगितामा द्धितिय पर्वतको नमुना आवासीय मावि कुश्मा पर्वत र अमर मावि विहुँ भएको हो । व्यवस्थापन तर्फ १२ विद्यालयको सहभागिता रहेको थियो ।  विजेता समुह मध्ये प्रथमलाई नगद २० हजार रुपैयाँ द्धितियलाई नगद १५ हजार र तृतियलाई नगद १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको प्रिन्सीपल श्रेष्ठले बताए । प्रतियोगिताको सहजीकरण विज्ञान शिक्षक रोशन क्षेत्री र शिक्षक प्रदिप पन्तले गरेका थिए । 
    विद्यालयले बागलुङ नगरपालिका स्तरीय छात्रा कबड्डी प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा विद्यामन्दिर मावि प्रथम र ओयोजक चिल्डेन लाईफ दोस्रो भएको थियो । कबड्डी प्रतियोगितामा प्रथम हुनेले नगद १० हजार रुपैयाँ र द्धितिय हुनेले नगद ७ हजार रुपैयाँ प्राप्त गरेका छन । प्रतियोगितामा युएस एकेडेमीकी सिवानी राना उत्कृष्ट खेलाडी घोषित भएकी छन । उनलाई नगद १ हजार रुपैयाँ र टर्फि र प्रमाण पत्र प्रदान गरिएको विद्यालयका विज्ञान शिक्षक रोशन क्षेत्रीले जानकारी दिए । 
    विद्यालयले छात्रहरुको भलिबल प्रतियोगिता समेत संचालन गरेको थियो । भविबल प्रतियोगितामा कक्षा १२ व्यवस्थापन संकाय प्रथाम र कक्षा ११ व्यवस्थापन संकाय दोसंो भएको थियो । विजेता समुहलाई टर्फि मेडल र प्रमाणपत्र प्रदान गरिएको भलिबल संयोजक एवं विद्यालयका शिक्षक तारक पराजुलीले जानकार िदिए । 
विद्यालयमा नै अध्ययनरत विद्यार्थी बिच टेबलटेनिस प्रतियोगिता पनि संचालन गरिएको थियो । प्रतियोगितामा जष्टिन खड्का र सुशिल राजभण्डारी प्रथम, किरण रेग्मी र सुसोभन राजभण्डारी द्धितिय साथै  जिवन थापा र विवेक आचायै तृतिय भएका थिए । विजेतालाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । विद्यालयले छात्रा छात्रको म्युजिकल चेयर प्रतियोगिता समेत संचालन गरेको थियो । प्रतियोगितामा छात्रा तर्फ एलिजा क्षेत्री प्रथम, सोफिया सापकोटा द्धितिय, र समिक्षा खड्का तृतिय र छात्र तर्फ गौरव खड्का प्रथम, रितेश कार्की द्धितिय र प्रेम वली तृतिय भएको विद्यालयका शिक्षक रोशन क्षेत्रीले जानकारी दिए ।      विद्यालयले संचालन गरेको नृत्य प्रतियोगितामा शान्ती श्रीष, प्रथम, एन्जिला खड्का ज्योती क्षेत्री ममता खड्का अनिता खत्री, एन्जिल सापकोटा द्धितिय र  सामना शर्मा, ओमन थापा आयुस सुनार र सोफिया सुना तृतिय भएका थिए । एकल गायन प्रतियोगितामा साजन बर्जेवा उत्कृष्ट भए भने बकृत्वकलामा प्रेम वली भएका थिए ।
 प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी  धनप्रसाद पोखरलेले विद्यालयले संचालन गरेका विभिन्न प्रतियोगितात्मक कार्यक्रमले विद्यार्थीको पठन पाठनका थप टेवा पुग्ने बताए । उनले यस्ता अतिरिक्त क्रियाकलापहरु हरेक विद्यालयले गर्न जरुर रहेको बताए । पोखरेले विद्यार्थीको मनोभावना अनुसार शिक्षक शिक्षाकाले विद्यालयमा अध्यापन गर्नुपर्ने कुरामा जोड दिएका थिए । 
कार्यक्रममा  विद्यामन्दिर माविका प्रधानध्यापक शान्तमणी ज्ञावलीले विद्यालयमा अन्तर विद्यालय संचालन हुने हरेक प्रतियोगिताले एक विद्यालय देखी अर्को विद्यालयको संवन्ध थप सुदृढ हुने बताए । 
    विद्यालयले संचालन गरेका बार्षिक कार्यक्रम र प्रतियोगिताको बारेमा  विद्यालयका प्रिन्सीपल नवराज श्रेष्ठले जानकारी गराएका थिए । कार्यक्रम चिल्डेन लाईफ आवासीय माविका अध्यक्ष महेन्द्र आचार्यको अध्यक्षता शिक्षक नारायण पौडेलको संचालनमा सम्पन्न भएको थियो । 
 

प्रतिक्रिया