बागलुङ- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधिसभा सदस्यका लागि बागलुङको क्षेत्र नम्बर १ मा उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष केसीले प्रदेश सभाका उम्मेदवार सहित मुख्य निर्वाचन अधिकृत कार्यालयमा आफैँ पुगेर उम्मेदवारी दर्ता गरेका हुन् । उम्मेदवारी दर्ता गर्न उनी शनिबार नै बागलुङ आइपुगेका थिए ।
उनी पाँचदलीय गठबन्धनका साझा उम्मेदवार हुन । गठबन्धनमा भागवण्डा गर्दा प्रतिनिधि सभा क्षेत्र राजमोलाई परेको थियो । केसी सँगै प्रदेश सभामा काँग्रेसका उम्मेदवारले आफ्नो उम्मेदवार दर्ता गराएका छन । केसीको क्षेत्रमा प्रदेश सभा क मा काँग्रेसका दिपेन्द्र बहादुर थापा र ख मा काँग्रेसकै डिल्लीराम सुवेदी रहेका छन । केसी सुवेदी र थापा सँगै निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका थिए । केसी सँग प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट निवर्तमान सांसद डा. सूर्य पाठकले उम्मेदवारी दर्ता गराएका छन । त्यसैगर राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी सापकोटा र राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले पनि प्रतिनिधिसभा सदस्यका लागि उमेद्वारी दिएका छन् । प्रतिनिधि सभामै स्वतन्त्रको तर्फबाट चन्द्रबहादुर क्षेत्री, कृष्ण शंकर श्रेष्ठ, नेपाली काँग्रेस विपीका शिवलाल सापकोटाले पनि उम्मेदवार दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बागलुङ क्षेत्र नं. १ ‘क’मा थापा सँग एमालेका हिरा बहादुर केसी ‘ख’मा सुवेदी सँग एमालेका नवराज पौडेलको प्रतस्पर्धा हुने देखिएको छ ।