बागलुङ- बागलुङको बडिगाडमा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ । बुधबार विहान करिब ४ बजेको समयमा बडिगाड गाउँपालिका–५ स्थित खोलामा अवैध रुपमा करेन्ट लगाई माछा मार्ने क्रममा मृत्युु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक राजाराम खड्काले जानकारी दिए ।
मृत्यु हुनेमा बडिगाड गाउँपालिका–२ सकनेराका ३२ बर्षिय छबिलाल बलामी रहेको प्रहरीले जनाएको छ । बलामी सँगै गएका अन्य स्थानिय पाँच जना भने सकुशल रहेको खड्काले बताए ।
बलामीको शवलाई अहिले पोष्टमार्टमका लागि बुर्तिबाङ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याइएको छ । विद्युतीय शक्ति (करेन्ट) लगाएर माछा मार्न नपाइने भए पनि बेलाबेलामा यस्ता गतिविधि हुने गरेका छन् । खोलामा करेन्ट लगाएर माछा मार्न राक लगाउँदा लगाउँदै अटेर गरेर यस्ता गतिविधिले धेरैको अकालमै ज्यान गएको छ ।