बागलुङ - नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संसोशन गर्ने बताएका छन । बागलुङ नगरपालिका कार्यालय बागलुङले आयोजना गरेको स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले आगामी ६ महिना भित्र चिकित्सा शिक्षा ऐन संशोधन गर्ने तयारी गरेको बताए ।
उनले नेपालमा नै डाक्टर नर्स उत्पादनका निम्ती चिकित्सा शिक्षा ऐन संसोधन गरेर अगाडी नबढे भोलीका दिनमा हाम्रो देशमा डाक्टर नर्सको कमि हुने बताएका छन । चिकित्सा शिक्षा क्षेत्रका समस्या समाधानका लागि ऐन संशोधन गरेर अगाडि बढ्ने बस्नेतले बताए । उनले भने,“चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ । यसलाई प्रधानमन्त्री र पार्टीका नेताले सकारात्मक रूपमा लिनुभएको छ । संशोधन प्रक्रिया अघि बढिसकेको छ । अब यो प्रस्ताव अगाडी बढाउँदा रानिनामा र अनसन गरेर बसेपनि सरकार पछि हट्ने छैन ।’ उनले स्वास्थ्य क्षेत्रको सुधारका लागि आफु प्रतिवद्धता रहेको भन्दै केही गर्ने सोचका साथ आफुले स्वास्थ्य मन्त्रालय समालेको बताए ।
मन्त्री बस्नेतले आम नेपाली नागरिकलाई आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराउनका निम्ती सरकार प्रविद्ध रहेको बताए । उनले गरिब तथा विपन्नका लागि निःशुल्क रुपमा सेवा प्रदान गर्नका निम्ती विर अस्पतालबाट सुरुवात भएको र सातवटै प्रदेशका संघिय र प्रदेश अस्पतालबाट पनि सेवा प्रदान हुने बताए । बस्नेतले निजी अस्पतालले १० प्रतिशत शैया निःशुल्क उपलब्ध गराउनुपर्ने त्यो कार्यान्वयमा अझै पुर्णरुपमा हुन नसकेको हुँदा सवै निजी अस्पताललाई कार्यान्वय गर्नका निम्ती आग्रह गरे । ‘सरकार सँग निजी अस्पतालले १० प्रतिशत विरामीलाई निःशुल्क सेवा उपलब्ध गराउँछौं पनि प्रतिवद्ध भएर अस्पताल संचालन गर्छन । त्यो कार्यान्वयमा देखिएन । हामीले कार्यान्वय गर्न लगाएका छौं । देशभरीका संघिय अस्पतालबाट पनि ३ हजार ५२३ जना विरामीले निःशुल्क उपचार गर्न पाउँछन अब विस्तारै यि सेवालाई बढाउँदै लैजान्छौं ।’
मन्त्री बस्नेतले सुर्तिजन्य पदार्थको करको दायारा बढाएर गरिब तथा विपन्नको उपचारमा सरकार लाग्ने बताए । उनले जनशक्ति, पुर्वाधार र आवश्यक सामग्री व्यवस्थापन गर्न सके सेवा प्रवाह प्रभावकारी हुने बताए । गुणस्तरीय सेवा प्रदान गर्नका निम्ती उपयुक्त दरबन्दी छैन, पुर्वाधार र दरबन्द िसवै थपगर्नुपर्ने हुँन्छ मन्त्री बस्नेतले भने, –‘अबको पहिलो प्राथमिकता दरवन्दी थप गर्ने हो । आवश्यक जनशक्ति तयार पारेपनि स्वास्थ्यको सेवा प्रवाह पनि सहज र राम्रो हुँदै जानेछ ।’ उनले बागलुङमा रहेको धौलागिरी अस्पताल सँगै नगर अस्पतालको विकासका निम्ती पनि स्वास्थ्य मन्त्रालयले आवश्यक सहयोग गर्ने बताए ।
धौलागिरी अस्पतालमा डायलासिस मेसिन हस्तान्तरण
मन्त्री बस्नेतले शनिबार नै धौलागिरी अस्पतालका लागि डायलासिस मेसिन हस्तान्तरण गरेका छन । मिगौला पिडित विरामीको चाप बढ्दै गएको हुँदा अस्पतालका लागि थप ५ थान मेसिन स्वास्थ्य मन्त्रालयले प्रदान गरेको हो । ‘अस्पतालमा डायलासिस मेसिनको आवश्यक रैछ भन्ने कुरा बागलुङ नगरप्रमुख बसन्त कुमार श्रेष्ठ मार्फत थाहा भयो, मन्त्रालयमा भर्खर खरिद गरेर ल्याएका थियौं मन्त्री बस्नेतले भने,–उहाँकै आग्रहमा मैले धौलागिरी अस्पताललाई प्राथमिकतमा राखेर पठाएको हुँ अब यहाँका विरामीलाई सहज हुने आशा गरेको छु ।’ उनले मेसिन सँगै यो सेवालाई निरन्तर बनाउनका निम्ती दक्ष स्वास्थ्यकर्मी पनि व्यवस्थापन गर्न अस्पताल प्रशासनलाई आग्रह गरेका थिए ।
मन्त्री बस्नेतलाई बागलुङ नगरपालिका प्रमुख बसन्त कुमार श्रेष्ठले यहाँको धौलागिरी अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्न जरुरी रहेको जानकारी दिएका थिए । उनले स्वास्थ्य मन्त्रालयलले अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गरे बागलुङ नगरपालिकाको पुरानो भवन अस्पतालका चिकित्सकका लागि आवासको रुपमा समेत प्रयोग गर्न सकिने बताए । हाल ४० जना मिर्गौला पीडित बिरामीले नियमित सेवा लिइरहेको छन । दैनिक तीन चरणमा डायलाइसिस सेवा प्रदान गरिएकोमा थप पाँचवटा मेसिन सञ्चालनमा आएपछि बिरामीले घण्टौँ कुर्नुपर्ने अवस्थाको अन्त्य हुने अस्पतालका प्रमुख डा. रविरञ्जन प्रधानले बताए । अस्पतालमा हाल पाँचवटा डायलाइसिस मेसिन सञ्चालनमा रहेको उनले बताए । कार्यक्रममा बागलुङका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल लगायतले स्वास्थ्य क्षेत्रमा रहेका समस्यालाई समाधान गर्न जरुरी रहेको बताए ।
मन्त्री बस्नेतले शनिबार नै बागलुङको प्रसिद्ध सर्वसिद्धिधाम पञ्चकोटमा आर्युवेद औषधालयको भवनको शिलन्यास गर्ने कार्यक्रम रहेको छ ।