कालिका कप भलिबलको उपाधि मोटरहेड छन्त्याल संघलाई 

  • चैत २९, २०७८

बागलुङ- चैत्राष्टमी मेलाको अवसरमा बागलुङमा आयोजित कालिका कप भलिबल प्रतियोगिताको उपाधि मोटरहेड नेपाल छन्त्याल संघ बागलुङले जितेको छ । गण्डकी प्रदेशको प्रतिनित्व गर्दै देशभर प्रतियोगिता खेल्ने खेलाडीहरुबाट सूसज्जित संघले फाईलन खेलमा गलकोट समाज जापानलाई सोझो सेटमा पाखा लगाउँदै उपाधि चुमेको हो । नियमित लिबोरोको अभावमा लड्दै गिर्दै फाईनलसम्म पुगेको गलकोट समाज जापानले उपाधि भिडन्त आफ्नो पक्षमा पार्न सकेन । नियमित लिबोरो नभएपछि गलकोटको फाईनलसम्मको यात्रा पनि निकै संघर्षपूर्ण रहेको थियो ।
 पालिका स्तरीय खेलमा देशभर तहल्का मच्चाएको गलकोट समाज जापानका कप्तान राजु विक, खेलाडी विमल सुनारले फाईनलमा उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । पर्वतलाई बल्लतल्ल पन्छाएर फाईनल यात्रा तय गरेको गलकोटले उपाधि भिडन्तमा भने सोझो सेटमै हार व्यहो¥यो । कालिका युथ क्लब रेशलाई सेमिफाईलनमा पराजित गरेर फाईनल पुगेको मोटरहेड नेपाल छन्त्याल संघ बागलुङले उपाधिसंगै नगद तीन लाख पुरस्कार, ट्रफी मेडल र प्रमाणपत्र समेत पायो । दोस्रो स्थानमा चित्त बुझाएको गलकोट समाज जापानले नगद एक लाख पचास हजारमा चित्त बुझाएको छ । तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा कालिका युवा क्लब रेशलाई सजिलै पन्छाउँदै पर्वतले नगद ५० हजार जित्यो ।
 सान्त्वनामा चित्त बुझाएको कालिका युवा क्लब रेशले नगद २० हजार पायो । मोटरहेड नेपाल छन्त्याल संघ बागलुङका खेलाडी किरण गरौ सर्वोत्कृष्ट खेलाडी हुँदै नगद १० हजार पुरस्कार प्राप्त गरे । बागलुङमा भलिबलको लोकप्रियता निकै बढि भएकाले तीन लाख पुरस्कार राखेर प्रतियोगिता आयोजना गरिएको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले बताए । ‘भलिबल खेलको लागि बागलुङ उर्बर ठाउँ हो,’उनले भने,‘बागलुङमा कुनै पनि मेला महोत्सव आयोजना गर्दा भलिबल प्रतियोगिता पहिलो प्राथमिकतामा पर्ने गरेको छ ।’ 
 

प्रतिक्रिया