बागलुङ- नेकपा एमाले बागलुङको नवौं महाधिवेशनबाट जिल्ला उपाध्यक्षमा लक्ष्मण पुन र सचिवमा विष्णु भुसाल निर्विरोध निर्विरोध निर्वाचित हुनुभएको छ । शुक्रबार देखी सुरु भएको जिल्ला अधिवेशनमा शनिबार उपाध्यक्षका लागि पुन र रामबहादुर जिसीले उम्मेदवारी दर्ता गरेका थिए । जिसीले पुनलाई समर्थन गरे पछि उपाध्यक्षमा निर्विरोध भएको हो । सचिवमा भुसाल भने शनिबार बेलुका नै निर्वाचित भएकाे प्रमुख निर्वाचन अधिकृत हरिप्रसाद शर्माले जानकारी दिए ।
सचिवमा भुसाल बाहेक कसैको पनि उम्मेदवारी परेको थिएन । त्यसैगरी उपाध्यक्ष र सचिवमा निर्विरोध भए सँगै अध्यक्ष र उप सचिवमा भने मतदान हुने भएको छ । त्यसैगरी भुगोल र समावेशी तर्फको पनि टुंगिने अन्तिम चरणमा पुगेको छ भने खुल्ला सदस्यका लागि भने मतदान हुने सम्भावना देखिएको जिल्ला तहका एक नेताले बताए । अध्यक्षमा अहिलेका कार्यबहाक अध्यक्ष कृष्ण पाठक प्रदेश कमिटि सदस्य हिरा बहादुर केसी र बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाईजा बिच प्रतिस्पर्धा हुने देखिएको छ । त्यसैगरी उपसचिव दुई पदका लागि गणेश बहादुर थापा चित्रकला छन्त्याल डम्बर बहादुर श्रीष नेत्र विष्ट प्रेम बहादुर लामिछाने र रामबहादुर जिसीको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।