कोरोनाको प्रभावः फेरि सुस्ताय पर्यटकीय क्षेत्र

  • माघ १०, २०७८


कोरोनाको दोस्रो लहर पछि तंग्रिदै गरेको पर्यटकीय क्षेत्र फेरि सुस्ताएको छ । कोरोनाको तेस्रो लहर व्यापारुपमा फैलिए पछि जिल्लाका पर्यटकीय क्षेत्रमा चहल पहल कम हुँदै गएको हो । कोरोनाको तेस्रो लहर र मौषसी रुखाखोकी एकै पटक सुरु भए पछि पर्यटकीय क्षेत्रमा आउने जाने आन्तरिक पर्यटकको संख्यामा कमी हुँदै गएको पर्यटकीय क्षेत्र पञ्चकोटका कार्यालय संयोजक रामबहादुर केसीले बताए ।  
पहिलो र दोस्रो लहर मथ्थर भए पछि यहाँको धार्मिक तथा पर्यटकीय क्षेत्रमा चहलपहल बढेको थियो । भर्खरलय पक्रन खोज्दै गरेको पर्यटक क्षेत्र फेरि ठप्पन भएको छ । बागलुङ–पर्वत जोडन कालीगण्डकी नदीमाथि निर्माण गरिएको विश्वकै दोसौ अग्लो बञ्जी जम्पमा पनि तेस्रो लहरको सिकार बनेको छ । दोस्रो लहर पछि लयमा फर्केको बञ्जी तेस्रो लहरको सुरुवातसँगै मर्कामा परेको छ । गत महिना दैनिक सयौको संख्यामा बञ्जी पुग्ने पर्यटक यो महिला सुरु भए पछि दैनिक दश÷बाह्र जनामा सिमित भएको छ । 
द क्लिप प्रालिले करिव २८ करोड लगानीमा सञ्चालन गरेको बञ्जी, स्विङ र जिपलाईन अहिले ठप्प जस्तै भएको दल क्लिप प्रालिका व्यवस्थापक विष्णु कार्कीले बताउनुभयो । बलेवा–कुश्मा ओहोर दोहोर गर्ने स्थानीय यात्रु बाहेक अन्य पर्यटक बञ्जी क्षेत्रमा आउने क्रम बन्द जस्तै छ ।  
बञ्जी, स्वीङ र जिपलाईन खेल्नको लागि कोरोनाको खोप कार्ड अनिवार्य गरिएको छ । खेल क्षेत्रमा स्वास्थ्य मापदण्ड कडाईका साथ कार्यान्वयन गरिएको व्यवस्थापक कार्कीको भनाई छ । जिल्लाका अन्य धार्मिक तथा पर्यटकीय क्षेत्रमा पनि पर्यटकको चाप घट्दै गएको छ । 

प्रतिक्रिया