बागलुङ - जिल्लाको पश्चिम तमानखोलामा पिकअप दिप दुर्घटना हुँदा १३ जना घाईते भएका छन । तमानखोला गाउँपालिका वडा नं. २ कटेरीमा भन्ने स्थानमा ग १ ज ५७०५ नम्बरको जिप दुर्घटना भएको हो ।
तमानखोलाको प्रशासनिक केन्द्र रहेको बोङ्गादोभान बजारदेखि भएरकटेरीतर्फ जाँदै गरेको जिप बे्रक फेल हुँदा सोमबार दिउँसो साढे १२ बजे कटेरीमा दुर्घटनामा परेको थियो । जिप दुर्घटनाको खबरलगत्तै प्रहरी चौकी बोङ्गादोभानका प्रहरी सहायक निरीक्षक सन्तराम श्रेष्ठ नेतृत्वको प्रहरी टोली र स्थानीयले घाइतेको उद्वार गरी उपचारको लागि बुर्तिवाङ अस्पताल पठाएका थिए ।
दुर्घटनामा गलकोट नगरपालिका वडा नं. १ की ३० वर्षिय मुना विक र रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नं. १३ का २३ वर्षिय नविन मल्ल गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी डिएसपी विजय यादवले जानकारी दिए ।
दुर्घटनामा परी घाईते हुनेहरुमा जुम्ला कन्का सुन्दरी गाउँपालिका वडा नं. २ बस्ने २६ वर्षिय प्रेम रावल, रकुम पश्चिम बाँधिकोट गाउँपालिका वडा नं. ६ का ३२ वर्षिय सुदर्शन कुसारी, बागलुङको तमानखोला गाउँपालिका वडा नं. १ बस्ने २९ वर्षिय सचिन विक, सोही ठाउँकी ६३ वर्षिय इन्द्र कुमारी गिरी, ५२ वर्षिय मनसरी सेरचन, २५ वर्षिय बसन्ती बुढा मगर, १२ वर्षिय मनि मगर, चालक २७ वर्षिय सुशिल रसाइली, तमानखोला वडा नं. २ की २० वर्षिय झरना गिरी , सोही ठाउँका ७ बर्षिया इच्छा रोका, तमानखोला २ का ११ बार्षिया मनोज घर्ति रहेका छन् ।
घाइते मुना विक र नवीन मल्ललाई थप उपचारको लागि धौलागिरि अस्पताल बागलुङ पठाइएको डिएसपी यादवले बताए । घाइतेहरुको हात खुट्टा, ढाडमा भित्री चोट, टाउकोमा चोट लागेको छ । उनिहरुको अवस्था पनि सामान्य बन्दै गएको प्रहरीले जनाएको छ । मध्यम र सामान्य घाइतेहरुको बुर्तिवाङ अस्पतालमा उपचार भईरहेको केहीलाई डिस्चार्ज समेत गरिएको अस्पतालले जनाएको छ ।
घाईते भएका मानसरी शेरचन तमानखोला गाउँपालिकाका पूर्व उपाध्यक्ष हुन भने मुना र नविन गाउँपालिकामा कार्यरत कर्मचारी हुन ।