बागलुङ- क्षेत्रीय अधिवेशन अन्तरगत क्षेत्र न. २ को क्षेत्रीय सभापतिमा जोकलाल बुढा मगर निर्वाचित भएका हुन । जिल्लाको तमानखोला गाउँपालिका अध्यक्ष समेत रहेका बुढाले आफ्ना प्रतिस्पर्धी नरजंग घर्तिलाई ९० मतको मतान्तरले पछि पार्दे निर्वाचित भएका हुन । नेपाल विद्यार्थीको जिल्ला उपाध्यक्ष रहेका बुढा विद्यार्थी राजनिति देखी पार्टीको राजनितिमा निकै सक्रिय रहेका छन ।
बुढाले ४१९ मत प्राप्त गरेका थिए भने घर्तिले ३२९ मत प्राप्त गरेको हुन । क्षेत्रीय समितिको सचिवमा धर्मबहादुर घर्ती र नारायण ध्वज मल्ल निर्वाचित भएका छन । घर्तीले ३८० मत ल्याएका छन भने मल्लले ३८९ मत प्राप्त गरेका छन । घर्ति र मल्लका प्रतिस्पर्धी भरत बहादुर के.सी.ले २७५ र हिमबहादुर भण्डारीले ३५३ मत प्राप्त गरेको निर्वाचन अधिकृत ज्ञानेन्द्रराज पन्तले जानकारी दिए । समितिको सहसचिवमा ४२२ मत सहित दिपक कुवँर र ३२४ मत सहित निरन चन्द निर्वाचित भएका छन । समितिको सदस्यमा ज्ञान बहादुर श्रीस, दिपेन्द्र कुवँर र राम बहादुर खड्का निर्वाचित भएका छन । उनिहरुले क्रमश ३५२,३०६,३२८ मत प्राप्त गरेका हुन । त्यसैगरी अन्य सदस्यहरुमा अनिता कुमारी जैसि ४०३, भागि बहादुर घर्ती ५६५, कमला वि.क.४७९, ठगबहादुर वि.क ४८५, युवक प्रसाद श्रेष्ठको ४०६, कर्णबहादुर कार्की ३३२ विरेन्द्र श्रेष्ठ ४७२, जिवन कुवँर ३२८ र थमप्रकाश छन्त्याल ३५२ मत प्राप्त गरी निर्वाचित भएका हुन । काँग्रेसको संस्थापन र संस्थापन इतर समुह बनाएर दुई प्यानल विच निर्वाचन भएको थियो । क्षेत्रीय समितिको मतगणना सकिए पनि महाधिवेशन प्रतिनिधिको भने बाँकी रहेको निर्वाचन समितिले जनाएको छ ।