बागलुङ - लोकप्रिय लोक तथा दोहोरी गायिका सिता परियार र पुर्ण परियारले हरितालिका तिजको अवसरमा नयाँ तिज गित 'माइती घर' सार्वजनिक गरेका छन । यस वर्ष सार्वजनिक भएका गीतहरूमध्ये केही मौलीक र केही फरक शैलीको गित सार्वजनिक गरेका हुन ।
नेपाली लोकदोहोरी विशेष गरी तीजका गीतहरूले, निकै आलोचना खेपिरहेका छन । केही गितमा मौलिक भाव बोकेका छैनन् र छाडा छन् भन्ने आलोचना भइरहेका बेला केही यस्ता गीतहरू पनि सार्वजनिक भइरहेका छन् जसले नेपाली तीजको मौलिक भावलाई समेटेका छन् ।
गीतले एक चेलिको लागि माइती घर कति प्यारो हुन्छ भन्ने कुरा गीत र भिडियोमार्फत देखाउन खोजिएको छ। सीता परियारको आवाज रहेको यस गीतको शब्द तथा लय सिर्जना पूर्ण परियार आफैंले गरेका छन्। गीतको अडियो र भिडियो निकै उत्कृष्ट बनेका छन्। गीतलाई कृष्ण केसीले संगीत संयोजन गरेका छन्। यता म्युजिक भिडियोको निर्देशन विशाल घिमिरेले गरेका छन् भने स्मारिका ढकाल र पूर्ण परियारको गीतमा उत्कृष्ट अभिनय देख्न सकिन्छ। 'माइती घर' तीज गीतले नेपाली तीजको मौलिकता र भावनालाई उजागर गर्दै दर्शकको मन जित्न सफल भएको छ।