बागलुङ- मंगलबार देखी परेको अबिरल वर्षाका कारण बागलुङ नगरपालिका–३ नुवारा खहरेमा कुखुरा फर्ममा क्षती पु¥याएको छ ।
खहरेमा रहेको गंगा कृषि तथा पशु पन्छी फर्ममा सडकको भल पस्दा ३५० कुखुराका चल्ला मरेका फर्मका सञ्चालक गंगा कार्कीले जानकारी दिइन ।
“५०० चल्ला हालेको एक हप्ता भएको थियो” कार्कीले भनिन “मध्यपहाडी लोकमार्गको भल बढेर शाखा सडक हुँदै फर्ममा पसेर कुखुराका चल्ला मारेको हो, फर्म आसपासमा समेत भल पसेर क्षती पु¥याएको छ ।” उनले कुखुराको चल्ला र फर्म गरी झण्डै ५० हजार बराबरको क्षती पु¥याएको छ ।
यस्तै नुवारा स्थित राजिव केसीको कृषि तथा पशु फर्ममा समेत भल पसेर क्षती पु¥याएको छ । केसीको दुई वटा टमाटर सहितका टर्नेलमा क्षती पु¥याउदा एक लाख ५० हजार भन्दा बढीको क्षति भएको छ । उहाँको कुखुरा फर्ममा पानी पसेको भएपनि फर्ममा कुखुरा नभएकाले कम क्षती भएको हो ।