बागलुङ - बागलुङ नगरपालिकामा नेकपा एकिकृत समाजबादीको तर्फबाट उप–प्रमुखमा उम्मेदवारी दर्ता गराएका जिवन आचार्य र वडा नं. २ मा वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका शशिकपुर श्रेष्ठले आफ्नो उम्मेदवारी फिर्ता अर्थात ‘मिडप्याक’ गरेका छन ।
आचार्य र श्रेष्ठले शनिबार पत्रकार सम्मेलन गरी आफुहरुको उम्मेदवारी नरहने घोषणा गरेका हुन । दुवै जनाले छट्टाछुट्टै प्रेश विज्ञप्ती जारी गरी आफ्नो उम्मेदवारी नरहने र पाँच दलिय गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने बताएका छन ।
आचार्यले गठबन्धनको तर्फबाट नगर प्रमुखका उम्मेदवार काँग्रेसका बसन्त कुमार श्रेष्ठ र उप्रमुखका उम्मेदवार माओबादीका राजु खड्का लगायत सवै वडा अध्यक्ष र सदस्यलाई निर्वाचित गराउनका निम्ती आफुले उम्मेदवरी फिर्ता गरेको बताएका छन । उनले विज्ञप्तीमा भनेका छन–‘नेकपा एकिकृत समाजबादी संविधानको रक्षा लोकतन्त्रको हित र जनअधिकारको संरक्षण गर्ने उद्देश्यसहित विद्रोहको झण्डा उठाएको पार्टी भएको र पाँच दलीय गठबन्धनको मुख्य सुत्रधार शक्ति रहेका कारण उद्देश्य प्राप्तीका लागि आफ्नो उम्मेदवारी नरहेको बताएका छन । उनले गठबन्धन दल भित्र देखा परेको अस्पष्टता, अन्यौलता र एकाआपसका अविश्वासका कारण सहमती कार्यान्वयमा चुष्टता देखा परेकै कारण आफुले नगर उप्रमुखमा उम्मेदवारी दिएता पनि गठबन्धन र यसमा आवद्ध पार्टीको अन्तिम निर्णयलाई शिरोधार्थ गर्दै स्पष्ट र प्रतिवद्ध भै गठबन्धनमा समाहित दलहरुको ध्यानाकर्षय र चुनावी परिणाम प्रति गाम्भिर्यता सुनिश्तित गर्न आफुले उम्मेदवारी फिर्ता ‘मिडप्याक’ गरेको विज्ञप्तीमा उल्लेख गरेका छन ।
उनले आफ्नो उम्मेदवारी फिर्ता सँगै गठबन्धनका सवै उम्मेदवारलाई विजयी बनाउन आम सचेत मतदातालाई आग्रह गरेका छन भने आफु पनि सो अभियानमा सँगै रहेको बताएका छन । पत्रकारहरु सँग आफ्नो धारणा राख्दै आफु पार्टीको वफादार कार्यकर्ता भएको नाताले आफ्नो उम्मेदवार फिर्ता गरी गठबन्धनको उम्मेदवारलाई सहयोग गर्न प्रतिवद्ध रहेको बताएका छन । आचार्यले सवै कार्यकर्तालाई गठबन्धनका दलका उम्मेदवारलाई जिताउन आफ्नो आफ्नो पक्षबाट सहयोग गर्न अपिल गरेका छन ।
त्यसैगरी वडा अध्यक्षको स्वतन्त्र उम्मेदवारी दिएका शशिकपुर श्रेष्ठले पनि विज्ञप्ती मार्फत गठबन्धनका उम्मेदवारलाई विजयी गराउन लाग्ने बताए । उनले गठबन्धनका तर्फबाट बागलुङ नगरपालिका–२ का वडा अध्यक्षका उम्मेदवार सुरज बोसेल सहित नगरप्रमुख उपप्रमुख र वडा सदस्यका उम्मेदवारलाई विजयी गराउन आफु प्रतिवद्ध रहेको बताएका छन । नेपाली काँग्रेसको क्रियाशिल सदस्य समेत रहेका श्रेष्ठले आफ्नो पार्टीका नेता र नेतृत्वको आग्रह बमोजिम आफुले उम्मेदवारी फर्ता गराएको बताएका छन ।
पत्रकार सम्मेलन नेपाली काँग्रेस बागलुङ नगरपालिकाका सभापति एवं निर्वाचन परिचालन समितिका संयोजक उमाकान्त शर्मा बाबुको अध्यक्षता र काँग्रेसका बागलुङ नगर सदस्य सुदिप राजभण्डारीको संचालनमा सम्पन्न भएको थियो ।