बानपा १३ को वडा अध्यक्षका लागि  काँग्रेसबाट ११ आकंक्षी

  • चैत २४, २०७८

बागलुङ- स्थानिय तहको निर्वाचनको मिति नजिकिए सँगै यतिबेला वडा तहमा अध्यक्ष देखी वडा सदस्य सम्मका पदमा आकंक्षी बढ्दै गएका छन । कसले टिकट ल्याउने र निर्वाचनमा होमिने होटबाजी चलिरहेको छ । जिल्लामा क्रियाशि विभिन्न राजनितिक दलले यतिबेला वडा तहमा आकंक्षीहरु सँग छलफल चलाउनुका साथै वडा तहदेखी माथिल्लो तहमा सिफारिस गरेका छन । यसै क्रममा नेपाली काँग्रेस बागलुङ नगरपालिका–१३ पैयुँपाटामा विहिबार भएको भेलामा वडा अध्यक्षका लागि ११ जनाले आकंक्षा व्यक्त गरेका छन । जिल्लामै सवै भन्दा राम्रो काँग्रेसको पकट क्षेत्रको रुपमा रहेका पैयुँपाटामा वडा अध्यक्षका लागि आकक्षी बन्ने पनि बढि नै छन । 
वडा अध्यक्षका लागि वर्तमान वडा अध्यक्ष नारायण शर्मा पौडेल वडा सभापति चन्द्रबहादुर खत्री, प्रतिनिधि सभा क्षेत्र नं. १ प्रदेश सभा (ख) का सचिव एवं धौलागिरी बहुमुखी क्याम्पसका स्ववियु उपाध्यक्ष बालकृष्ण शर्मा, काँग्रेस बागलुङ नगरपालिकाका उपसभापति नारायण पौडेल, सचिव कृष्ण शर्मा, हालका वडा सदस्य भवानी प्रसाद रिजाल, क्षेत्रीय प्रतिनिधि एवं ट्रेड युनियन काँग्रेस गण्डकी प्रदेशका उपाध्यक्ष रामप्रसाद अधिकारी, पुर्व सभापति जगदिश्वर शर्मा, क्षेत्रीय प्रतिनिधि दुर्गा ब. बोहोरा पदम ब खत्री र एकराज रेग्मी आकंक्षीको रुपमा रहेको काँग्रेसका वडा सचिव विजय पौडेलले जानकारी दिए । वडा समितिमा वडा अध्यक्ष सहित खुल्ला दुई  १ खुल्ला महिला र एक दलित महिला सदस्य उम्मेदवारी बन्नेछन । सदस्यका लागि २३ जनाको उम्मेदवारी परेको सचिव पौडेलले बताए  । जसमा खुल्ला तर्फ कृष्ण प्रसाद शर्मा बालकृष्ण, सन्तोष कुँवर(विजेन्द्र), सुरज रिजाल, टिकाराम पौडेल, चित्रराज शर्मा, दुर्गाराज पाठक, शशिधर जैसी, डण्डपानी शर्मा, पुर्णप्रकाश रिजाल, तिल बहादुर रोका, महेश्वर शर्मा, शिवप्रसाद रिजाल, भक्तिविलाश पाध्या, दयाराम रिजाल, नबिन बोहोरा रहेका छन । त्यसैगरी खुल्ला महिलामा तर्फ राधिका कुँवर, यमुना ढकाल, लक्ष्मी क्षेत्री, रिवकली शर्मा, शान्ती रिजाल, विष्णु केसी रहेका छन । त्यसैगरी दलित महिला तर्फ पुजा परियार र मिना विक रहेको सचिव पौडेलले बताए । वडा समितिले आकंक्षीहरुलाई छलफलका लागि शुक्रबार बोलाएको छ । अध्यक्ष र सदस्यका लागि छलफल गरिनेछ । छलफलबाट सर्वसम्मती नभएमा माथिललो निकायमा पठाईने वडा सचिव बिजय पौडेलले जानकारी दिए । पैयुँपाटमा काँग्रेसको बचश्व रहेका कारण उम्मेदवारीका आकंक्षी पनि बढि नै रहेका छन । 
 

प्रतिक्रिया