बागलुङ । पछिल्लो समयमा बालबालिका देखी अभिभावक सम्म आँखा पाक्ने रोगको सस्या बढ्दै गएपपछि बागलुङका विद्यालय बन्द गरिने भएको छ । बागलुङ नगरपालिका भित्रका सवै सामुदायिक तथा संस्थागत विद्यालय आगामी सोमबार सम्मका लागि बन्द गरिने निर्णय भएको छ । नगरप्रमुख बसन्त कुमार श्रेष्ठको अध्यक्षतमा संस्थागत तथा सामुदायिक विद्यालयका प्रध्यानध्यापक सहितको बैठकले विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । बालबालिकामा दिन प्रतिदिन आँखामा समस्या बढ्दै गएपछि स्वास्थ्य संवेदनशीलताका कारण विद्यालय बन्द गर्ने निर्णय गरिएको बागलुङ नगरपालिकाका नगरशिक्षा अधिकारी धनप्रसाद पोखरेलले जानकारी दिए । पोखेरेलका अनुसार शुक्रबार र आईतबार विद्यालय बन्द हुनेछन । नगरपालिकाले बिदाका अवधिमा पनि बालबालिकालाई आँखाको समस्या हुने भएकाले सावधानी अपनाउन अनुरोध गरेको छ ।
नेपाल नेत्रज्योती संघ धौलागिरी आँखा अस्पतालका अनुसार बागलुङमा दैनिक ६० देखी ७० जना आँखा पाक्ने समस्याका बिरामी आउने गरेको छन । यो भाइरस एकबाट अर्कोमा सहजै सर्ने भएको हुँदा सजक रहनु पर्ने बागलुङ नगरपालिकाका जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले बताए । प्रदूषित हावा र मौसमका कारण आँखा पाक्ने रोग बढेको उनको भनाई छ । यो भाइरस सर्ने भएकाले बिरामीले प्रयोग गरेका कुनै पनि सामान नधोइकन प्रयोग नगर्ने, पटकपटक हातमुख धुने, आँखा पाकेका बिरामीले प्रयोग गरेका रुमाल, कपडा, ओछ्यान जस्ता सामानको अरूले प्रयोग नगर्ने, एउटा आँखाबाट अर्को आँखामा रोग नसरोस् भन्नका लागि आँखा नजिक नहेर्ने, डाक्टरलाई जाँच गराएर मात्र औषधिको प्रयोग खनालले बताए ।