राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन विस्तार, बागलुङ नगरको अध्यक्षमा अधिकारी

  • भदौ २८, २०७९

बागलुङ-   राष्ट्रिय स्वतन्त्र पार्टी बागलुङले आफ्नो संगठन विस्तारको अभियान संचालन गरेको छ । केही दिन पहिले गठन भएको जिल्ला कार्यसमितिले स्थानिय तहमा आफ्नो संगठन विस्तारको काम अगाडी बढाएको हो । जिल्ला भरी नै पार्टीको भेला गरी संगठनलाई विस्तार गर्ने र गाउँ नगरपालिकामा समिति गठन गर्ने अभियान संचालन सुरु गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी बागलुङका सभापति गणेश पौडेलले जानकारी दिए । जिल्ला कार्यसमितिमा सभापति उपसभापति र सचिव यस अघि नै चयन भएका छन भने सवै गाउँ नगरका सभापति जिल्ला कार्यसमितिको सदस्य रहने पौडेलले बताए । 
मंगलबार बागलुङ नगरको भेला सम्पन्न भएको छ । भेलाले रामप्रसाद अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । बागलुङ नगरपालिका–१३ पैयुँपाटाका अधिकारी यस अघि नेपाली काँग्रेसको सुवेक्षुक संस्था नेपाल ट्रेड युनियन काँग्रेस गण्डकी प्रदेशका उपाध्यक्ष हुन । नगर समितिको उपाध्यक्षमा बानपा ४ का खिमलाल सापकोटा, र सचिवमा बानपा ११ रायडाँडाका प्रविन सुवेदी रहेका छन । नगर समितिको सल्लाहकारमा बानपा १३ पैयुँपाटाका सहदेव पौडेल रहेका छन ।  वडा सभापति स्वत सदस्य रहने सभापति पौडेलले बताए । 
जिल्ला भोलामा सम्बोधन गर्दै सभापति पौडेलले अब नयाँ युगका लागि र मुलुकको राजनिति परिवर्तनका निम्ती स्वतन्त्र पार्टीलाई रोज्नुपर्ने बताए । उनले अबको दिनमा स्वतन्त्र पार्टी देशकै विकल्प शक्तिको रुपमा उदाउने बताए । 
कार्यक्रममा नगर सभापति रामप्रसाद अधिकारी सल्लाहकार सहदेव पौडेल लगायतले मन्तव्य राखेका थिए ।  कार्यक्रम जिल्ला सभापति पौडेलको अध्यक्षता, अमृत पौडेलको स्वागत र जिल्ला सचिव समिर पौडेलको संचालनमा सम्पन्न भएको थियो । 
 

प्रतिक्रिया