बागलुङ - राष्ट्रपति विद्यादेवी भण्डारीले बागलुङ कालिका भगवती मन्दिरमा बुधबार दर्शन तथा पुजा गरेकी छन । गण्डकी प्रदेशकै ऐतिहासिक धार्मिक पर्यटनको गन्तव्यको रुपमा रहेको मन्दिरमा भण्डारी राष्ट्रपती भए पश्चात पहिलो पटक पुगेकी हुन । नेपाली सेनाको हेलिकोप्टरबाट बिहान १०ः३० बजे पुगेकी भण्डारीले मन्दिर मित्रै गएर करिब १० मिनेट पुजा आजा गरेर फर्किएको कालिका भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए ।
भण्डारीलाई गण्डकी प्रदेश सभाका सदस्यहरु, स्थानिय तहका प्रमुखहरु, जिल्ला समन्वय समिति बागलुङका प्रमुख, मन्दिर व्यवस्थापन समिति, बागलुङका प्रमुख जिल्ला अधिकारी, उद्योगी व्यवसायी, राजनितिक दल लगाएतले स्वागत गरेका थिए ।
मुल पुजारी जयबहादुर खड्काबाट १० मिनेट पूजा आराधानापछि राष्ट्रपति भण्डारीलाई कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले सम्मानपत्र र मायाको चिनो प्रदान गरेका थिए ।
भण्डारी बुधबार नै पर्वतको जलजलामा एक कार्यक्रममा सहभागि हुने जनाईएको छ ।