तिन लाख रुपैयाँ राशीकाे कालिका कप भलिवल प्रतियोगिता सुरु

  • चैत १३, २०७९

बागलुङ - गण्डकी प्रदेशकै ऐतिहासिक एवं धार्मिक पर्यटकिय गन्तव्य बागलुङ कालिका मन्दिरर परिसरमा कालिका कप पुरुष भलिवल प्रतियोगिता सुरु भएको छ । चैत्राष्टमी मेलाको अवसरमा कालिका भगवती गुठी व्यवस्थापन समितिले प्रतियोगिताको आयोजना गरेको छ । आगामी १७ गते सम्म संचालन हुने मेलाको भलिवल प्रतियोगिताको उद्घाटन बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले गरेका थिए । 
प्रतियोगिताको उद्घाटन खेल पाङ भलिबल पिभिसि टिम र बागलुङ नगरपालिका ९ तित्याङ बिगस्टोन विच भएको थियो । उद्घाटन खेलको सुरुवाती २/२ सेट बराबरीमा भए पछि पाँचौ खेलमा १२ - १५ को फरकले पाङ भलिवलले जितेको हो । 
भलिबल खेलमा नेपाल प्रहरी ,घुम्टे युवा परिवार ,बिग स्टोन ,काठेखोला तंङग्राम ,हिल साइड सेतो ,काठेखोला गापा ,काठेखोला काडेस ,मुलपानी वानपा ७ ,सिगाना एसभिसि ,हिलसाइड निलो र निर्माण ब्यवसायी टिम खेल हुने भलिबल खेल संयोजक अर्जुन खड्काले बताए ।
चैत्राष्ठमी मेलामा यतिबेला गीत संगित मात्रै हैन खेलकुदले महत्त्वपूर्ण स्थान लिएर मेलाको गरिमा बढेको बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बताए ।
पुरानो परम्परागत रूपमा लाग्ने मेलाको स्वरूप परिवर्तन भएको यतिबेला आन्तरिक पर्यटक तान्न हाम्रो मेला महोत्सवले महत्त्वपूर्ण भुमिका खेल्ने गरेको नगर प्रमुख श्रेष्ठले बताए ।
कालीका भगवती मन्दिर ब्यवस्थापन समितिले हरेक बर्ष मन्दिर परिसरमा ५ दिने मेलाको आयोजना गरि लाखौं दर्शक भित्र्याउने गरेको कालीका गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए । भविबलमा देशभरबाट १३ टिमको सहभागिता रहने अध्यक्ष खड्काले जानकारी दिए ।  भलिबलमा प्रथम हुने टिमलाई ३ लाख रुपैयाँ, द्धितिय हुनेलाई १ लाख ५० हजार, तृतिय हुनेलाई ७० हजार र सान्त्वना हुनेलाई २० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । 
मेलामा राष्ट्रिय लोकदोहोरी गित प्रतियोगिता, छेलो प्रतियोगिता संचालन गरिने आयोजकले जनाएको छ । 

प्रतिक्रिया