बागलुङ - गण्डकी प्रदेशका मुख्य मन्त्री खगराज अधिकारीले केन्द्रीय राजनितिक प्रभाव प्रदेशमा पर्न नहुने बताए । । नेपाल पत्रकार महासंघ बागलुङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मुख्य मन्त्री अधिकारीले सो कुरा बताएका हुन । ‘हामी संघियता कसैले दिएर ल्याएका हैनौं, लडेर ल्याएका हौं, उनले भने,–‘संघियता आए संगै प्रदेश आफ्नै हिसाबले चल्नुपर्ने हो तर केन्द्रीय राजनितिक प्रभाव हुन्छ । एकल अधिकार थोरै छन । स्वतन्त्र रुपमा न प्रदेश चल्न पाउँछन स्थानिय तह ।’
उनले देशको राजनितिक स्थिरताका लागि तेस्रो दललाई प्रधानमन्त्री बनाएको बताए । देशमा राजनितिक स्थिरता आयोस भन्ने उद्देश्यले तेस्रो दललाई कार्यकारी पद दिएर नेकपा एमाले लगायत अन्य दल अगाडी बढेको बताए । उनले पछिल्ला दिनको भएको राजनिति परिवर्तनको हल्ला सँगै देशको राजनिति कता जान्छ भन्ने केही थाहा नभएको बताए । ‘अहिले छिनछिनमा भै राखेको गठबन्धन र संरचना पनि परिवर्तन हुने हल्ला आउँछ । कतिबेला के हुनिहो थाहा छैन अधिकारीले भने,–‘पछिल्ला घटनाक्रमले देश झनै राजनितिक अस्थिरता तिर जाने त हैन त्यो चिन्ता छ । यसले मुलुकका समृद्धि कसरी होला ।’
उनले अन्तर प्रदेश समन्वय गरेर प्रदेशको सामाथ्र्य बढाउनुपर्ने कुरामा जोड दिए । उनले प्रदेशलाई बलियो बनाउन साझा अधिकारका विषयमा कानुन बनाउन प्रधानमन्त्रीसँग आग्रह गरेको समेत बताए । अधिकारीले प्रहरी तथा संघिय निजामति ऐन कार्यान्वय जस्ता विषयमा तत्काल केन्द्र सरकार अगाडी बढ्नुपर्ने कुरामा जोड दिए । उनले प्रदेशमा आम्दानीको श्रोत पहिचाहन गरी उत्पादन तर्फ जोड दिनुपर्ने बताए ।
पत्रकार महासंघ बागलुङका कार्यबहाक अध्यक्ष नविन शिशिर विकको अध्यक्षता सहसचिव सिर्जना पन्तको स्वागत र तारानाथ आचार्यको संचालनमा सम्पन्न भएको थियो ।