बार एशोयिनशन बागलुङको अध्यक्षमा -अखिलनाथ शर्मा

  • असोज १४, २०७८

बागलुङ- नेपाल वार एशोसियशन बागलुङ उच्च अदालत बार एशोसियशनको अध्यक्षमा अखिलनाथ शर्मा चयन भएका छन ।  एशोसियसनको ४३ औ साधारणसभा तथा २८ औ अधिवेशनबाट शर्मालाई अध्यक्षमा चयन गरिएको हो । 
बुधवार र बिहिवार २ दिनसम्म चलेको अधिवेशनले शर्माको अध्यक्षतामा सर्वसम्मत रुपमा १३ सदस्यीय समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा बलराम शर्मा, सचिवमा रमेशबहादुर खड्का, सहसचिवमा लक्ष्मी बाँस्कोटा र कोषाध्यक्षमा रामराज कँडेल रहेका छन् ।
सदस्यमा युक्तजंग राजभण्डारी, राधाकृष्ण ज्ञवाली, रामप्रसाद शर्मा, डिल्लीराज गौतम, बिष्णुप्रसाद सापकोटा, बद्रिप्रसाद शर्मा उपाध्याय र लक्ष्मी जिसी कार्की रहेको अधिबक्ता केशवराज पराजुलीले जानकारी दिए । अधिवेसनले राजुप्रसाद गौतम, केशवराज पराजुली, दिनानाथ शर्मा र सरिता केसीलाई केन्द्रिय पार्षदमा चयन गरेको छ ।
बागलुङ बारमा बिगतदेखि नै सहमतीका आधारमा प्रगतिशिल र प्रजातान्त्रिकका बिचमा समिति चयन हुदै आएको र यसपालि प्रजातान्त्रिक तर्फबाट शर्माको अध्यक्षतामा समिति गठन भएको हो ।
अध्यक्षमा चयन भएपछि शर्माले बारलाई चुस्त दुरुस्त र थप क्रियाशिल बनाउँदै सवैको सहयोग र सहकार्यमा अगाडि बढ्ने प्रतिवद्धता गरेका छन । यस अघि यसअघि बारको अध्यक्षमा प्रगतिशिल तर्फबाट हरिप्रसाद शर्मा रहेका थिए ।

प्रतिक्रिया