स्ववियु निर्वाचन : धवलागिरी क्याम्पसमा अध्यक्षका लागी तिन जनाको उम्मेदवारी

  • फाल्गुण २७, २०८१

बागलुङ -  धवलागिरी क्षेत्रकै एक मात्र आंगिक क्याम्पस धवलागिरी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) नेतृत्वका लागि पहिलो पटक दुई महिला सहित तिन जनाको उम्मेदवारी परेको छ ।  आगामी चैत्र ५ गने हुने निर्वाचनका लागि क्याम्पसमा ९ वटा संगठन दर्ता भएका थिए । दर्ता भएका संठनमध्ये नेपाल विद्यार्थी संघले एकल रुपमा सृष्टि आचार्यको नेतृत्वमा प्यानल नै दर्ता गरेको छ भने सम्पुर्ण बामपन्थी दलका विद्यार्थी संगठन र राप्रपा विद्यार्थी संघ लगायतका विद्यार्थी संगठनहरु एकै ठाउँमा भएर आश्मिन शेखको नेतृत्वमा संयुक्त प्यानल बनाएर उम्मेदवारी दर्ता गरेका छन । अध्यक्षका लागि वर्तमान स्ववियु उपभापति समेत रहेका दिपक सुवेदीले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन । 
यसपटक नेविसंघ एक्लै चुनावमा गएको छ भने अनेरास्ववियु, अखिल क्रान्तीकारी, अखिल छैठौं र राप्रपा विद्यार्थी संघले प्यानल बनाएर उम्मेदवारी दर्ता गरेका हुन । 
नेविसंघबाट सृष्टि आचार्य अध्यक्षको उम्मेदवारी दिएकी छन भने सचिवमा सचिन हरिजन र कोषाध्यक्षमा विशाल थापाले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत गोविन्दराज गौतमले जानकारी दिए । नेविसंघको प्यानलमा सदस्यहरुमा दिपसागर सुवेदी, प्रशान्त सुवेदी, सृष्टि घर्ती, सुदिप घर्ती, सुवासबावु घर्ती मगर, सुभम राजभण्डारी, मनिषा घर्ती र सेमान्त पौडेलले उम्मेदवारी दिएका छन । आचार्य वर्तमान स्ववियुको कोषाध्यक्ष हुन उनि हाल एमविएस अध्ययनरत छिन ।
अखिल संयुक्तबाट आश्मिन शेखकोे नेतृत्वमा सचिवमा रुद्रबहादुर पुन र कोषाध्यक्षमा रेखा शर्माले उमेदवारी दिएका छन् ।  सदस्यहरुमा विकल्प घर्ती मगर, सृष्टि क्षेत्री, दिपिका खड्का, सन्दिप बहादुर थापा, सुभम जिसी, भुषन थापा, सुधन विश्वकर्मा र किस्मत घर्ती मगरले उमेदवारी दिएको गौतमले जानकारी दिए । संयुक्त प्यानलकी शेख हाल एम ए अध्यनरत रहेकी छन । 
अध्यक्षकै लागि स्वतन्त्र उम्मेदवारी दिएका सुवेदी नेपाल विद्यार्थी समर्थक नेता हुन । हाल नेपाल विद्यार्थी संघकै तर्फबात वर्तमान स्ववियुुको उपाध्यक्ष समेत रहेका छन । 
 नेविसंघमा सभापतिको टिकटका लागि भएको रस्साकस्सीपछि आचार्यले टिकट हात पारेकी हुन् । नेविसंघबाट जिल्लामा कसलाई अध्यक्ष बनाउने भन्ने विषयमा काँग्रेस पाटी भित्र छलफल भएको थियो तर यहाँ टुङ्ग्याउन नसकेपछि केन्द्रीय तहबाट आचार्यका लागि टिकट आएको काँग्रेसका जिल्ला स्तरीय नेताले जानकारी दिए । नेविसंघले आचार्यलाई टिकट दिएपछि असन्तुष्ट बनेका सुवेदी स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका हुन । 
मंगलबारका लागि मनोनयन दर्ताको समय थियो तर दिउँसो क्याम्पसमा विभिन्न माग राख्दै राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संघले तालबन्दी गरेको थियो । त्यसका कारण मनोनयन दर्ताका समय साँझा ५ बजे सम्मका लागि तोकिएको थियो । पछि विवाद समाधान भए पश्चात आकंक्षीहरुले मनोनयन दर्ता गरेका छन । त्यसैगरी निर्वाचनका लागि समानुुपातिक तर्फ अखिल क्रान्तिकारीले ८ जना अखिल छैठौंले ८ जना अखिल नेपाल विद्यार्थी युनियन समाजबादीले १ जना र स्वतन्त्र विद्यार्थी समुहबाट ८ जना नेपाल विद्यार्थी संघले ८ जना, अनेरास्ववियुले ८ जना र राप्रवि संगठनले ८ जना विद्यार्थीको उम्मेदवारी दर्ता गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

प्रतिक्रिया