मृत अवस्थामा भेटिए बडिगाडका लाजिन थापा 

  • साउन ९, २०८३

बागलुङ ।  जिल्लाको बडिगाड गाउँपालिका–१ थान निवासी लाजिन थापा हराएको आठ दिनपछि मृत अवस्थामा फेला फेका छन् । साउन १ गते साँझ करिब ८ बजे घरनजिकै साथीको जन्मदिन मनाउन जाने भन्दै घरबाट निस्किएका थापा सम्पर्क बिहिन भएका थिए । जन्मदिनमा रहेका चारसाथीलाई प्रहरीले अनुसन्धान लागि नियन्त्रणमा लिइसकेको छ ।

शनिबार बिहान मृत अवस्थामा थापाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी रामेश्वर त्वातिले जानकारी दिए ।  घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक डम्बरबहादुर बोहराको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको हो ।

प्रहरीले थापासँग जन्मदिन मनाउन गएका चार जना साथीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । घटनास्थलको मुचुल्का, प्रारम्भिक अनुसन्धान तथा पोस्टमार्टम प्रतिवेदनपछिमात्रै घटनाका रहस्य खुल्ने छ प्रहरी जनाएको छ । 

प्रतिक्रिया