• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • राजनिति ,
  • बागलुङ ,
  • जैमिनी

‘घरघर जाऔं, काँग्रेस जिताऔं’ अभियान बागलुङको राङखानी बाट शुभारम्भ

  • फाल्गुण २८, २०७८

बागलुङ- नेपाली काँग्रेसले देश व्यापी संचालन गर्न लागेको ‘घरघर जाऔं, काँग्रेस जिताऔं’ अभियानको काँग्रेस बागलुङले शनिबार देखी सुरु गरेको छ । अगामी चैत्र २९ गते सम्म संचालन हुने गाउँगाउँमा गएर काँग्रेसलाई जगाएर काँग्रेसको पक्षमा जनमत पार्ने गरी संचालन गर्न लागेको अभियानको तयारी पुरा गरेको छ । अभियानका लागि केन्द्र देखी खटिएका केन्द्रीय प्रतिनिधि एवं काँग्रेसका केन्द्रीय सदस्य दिलमान पाख्रिनको उपस्थितिमा शनिबार बसेको बैठकले अभियानको तयारी गरेको र जिल्लाको जैमिनी नगरपालिका–१० राङखानी देखी अभियानको शुभारम्भ गरेको नेपाली काँग्रेस बागलुङका सभापति जित बहादुर शेरचनले बताए ।  
    जिल्ला समितिका पदाधिकारी, सदस्य महाधिवेशन प्रतिनिधि र भातृ एवं सुभेच्छुक संस्थाका प्रमुख एवं प्रतिनिधिको उपस्थितिमा भएको बैठकमा अभियानको  बारेमा केन्द्रीय सदस्य पाख्रिनले प्रष्ट पारेका थिए । स्थानिय तहको निर्वाचनलाई लक्षित गरेर संचालन गरिएको एक महिने अभियानमा प्रत्येक कार्यकर्ताको घरदैलोमा पुगेर काँग्रेसका पक्षमा जनमत पार्ने गरी प्रभावकारी बनाउनुपर्ने  उनले बताए ।  काँग्रेसको नेतृत्वमा भएका महत्वपुर्ण कार्य र पछिल्ला दिनमा चर्चामा चलेको एमसिसीको बारेमा आम जनतालाई बुझाउने काम अब तल्लो तहका कार्यकर्ताको भएको पाख्रिनको भनाई थियो । 

‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’
    काँग्रेसले ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ भन्ने नितिका साथ पार्टीको विधानमा व्यवस्था गरिएका विभिन्न जिम्मेवारी बाँडफाँड गरेर पार्टी पङत्तिलाई स्थानिय निर्वाचनमा बृहत्तर परिचालन तर्फ उन्मुख गराउने अभियानको मुख्य उद्देश्य रहेको पाख्रिने बताए । ‘नेपाली काँग्रेसका नेतृत्वमा विगतमा हसिल गरेका राजनिति र आर्थिक उपलब्धी जनसमक्ष विस्तरित रुपमा अभियानमा जानकारी गराईने छ । पाख्रिनले भने –‘नेकपाको सरकारले गरेका गत ३ वर्षे कार्यकालमा भएका जनविरोधी गतिविधि असंवैधानिक कदम र भ्रष्टचार प्रकरण जनता सवै कुरा जनतालाई बुझाउनुपर्ने हाम्रो कर्तव्य हो, सोही कुरा राख्ने गरी देशव्यापी अभियान संचालन गरिएको हो । अब जनताको घरघरमा पुगेर काँग्रेसको पक्षमा जनतमत पार्न कम्युनिष्ट सरकारले गरेको जनविरोधी कार्यको पर्दाफास गर्नुपर्नेछ । उनले प्रतिपक्षमा रहनुपर्ने जिम्मेवारीका बाबजुद संविधान रक्षाका लागि बाध्यात्मक रुपमा काँग्रेस सरकारमा जानुपर्नेको यर्थाथ पनि जनता समक्ष प्रष्ट पार्ने गरी अभियान संचालन गरिएको बताए । 
    अभियानमा कोभिड–१९ को समयमा जनताको  जिवन रक्षालाई  प्रधान कार्य भार बनाएर सरकारले छोटो समयमा ७० प्रतिशत नागरिकलाई खोप प्रदान गरेको कुरा पनि आम नागकिरमा प्रष्ट पारिने काँग्रेस बागलुङका सचिव हरिहर शर्माले जानकारी दिए । 

८५ वटै वडामा अभियान प्रभावकारी बनाईने
    शर्माले जिल्लाका ८५ वटै पालिकामा प्रतिनिधि खटाएर अभियानलाई प्रभावकारी ढंगले संचालन गर्ने गरी काँग्रेस बागलुङले योजना बनाएको बताए । अभियानमा गाउँ÷नगरपालिका प्रदेश क्षेत्रीय समिति र प्रतिनिधि सभा क्षेत्रीय समितिलाई पनि विषेश जिम्मेवारी प्रदान गरिने जिल्ला सचिव शर्माले बताए । बैठकमा सहभागीले काँग्रेसले राष्ट्रिय सहमती निर्माण गरी हालै सम्मको सवैभन्दा् ठुला सहयोग परियोजना एमससीसीको बारेमा आम जनतालाई  प्रष्ट पार्नुपर्ने बताएका थिए ।  
    बैठकमा काँग्रेसका गण्डकी प्रदेश कोषाध्यक्ष बसन्त कुमार श्रेष्ठ, निवर्तमान सभापति दिपेन्द्र बहादुर थापा, पुर्व उपसभापति जगदिशचन्द उपाध्याय, जिल्ला सदस्य मञ्जु चालिसे, टिकाराम थापा, हिरा काउचा गोविन्द प्रसाद शर्मा कंडेल, क्षेत्रीय सभापति चण्डी प्रसाद शर्मा पौडेल, जोकलाल बुढा, नेपाल महिला संघ बागलुङका जिल्ला अध्यक्ष शकुन्तला शर्मा, भुपु सैनिक संघका जिल्ला अध्यक्ष क्या. हरिबहादुर भण्डारी, डिएलए बागलुङका अध्यक्ष भुमिश्वर गौतम दलित संघको जिल्ला अध्यक्ष ताराबहादुर विक लगायतले अभियानलाई प्रभावकारी ढंगले संचालन गर्नुपर्ने कुरामा जोड दिएका थिए । 
रा
    काँग्रेस बागलुङले केही दिन पहिले देखी नै जिल्ला व्यापी जनता सँग नेपाली काँग्रेस अभियान संचालन गरेको छ । अघिल्लो साता देखी संचालन गरिएको कार्यक्रम यतिबेला जिल्लाका अधिकाशं पालिकामा संचालन भएको छ  । 

जैमिनीको राङखानीबाट अभियानको शुभारम्भ
नेपाली काँग्रेस बागलुङले देशव्यापी संचालन गर्न लागेको घरघर जाऔं काँग्रेस जिताऔं अभियान शनिबार देखी जैमिनी नगरपालिका–१० राङखानीबाट शुभारम्भ भएको छ । अभियानको उदघाट्न गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिलमान पाख्रिनले स्थानिय तहको निर्वानमा काँग्रेसका पक्षमा जनलहर ल्याउनका निम्ती केन्द्रीय तहबाट अभियान संचालन भएको बताए । उनले देशका हरेक विकास काँग्रेसको नेतृत्वमा भएका कारण यी सवै कुरा बुझाउनकै निम्ती पनि काँग्रेसले गाउँगाउँमा सम्म अभियान संचालन गरेको बताए । कार्यक्रममा नेपाली काँग्रेस बागलुङका सभापति जित शेरचनले अगामी स्थानिय तहको निर्वाचन लक्षित अभियानलाई थप प्रभावकारी बनाउनका निम्ती जिल्ला तहबाटै विभिन्न खालका मोडलहरु तयार पारेको बताए । उनले आम कार्यकर्तालाई अगामी निर्वाचनमा उम्मेदवार भोट माग्न आउँदा कार्यकर्ताले पैसा हैन योजना माग्नुपर्ने बताए । ‘उम्मेदवार सँग पाँच वर्षको धारणा के छ त्यो माग्नुपर्दछ शेरचनले भने–‘हामी अब समाजबादी ढंगले नलागे सम्म विपिको सिद्धान्त अनुसारको काँग्रेस बन्न सकिदैन त्यसैले अबको निर्वाचनमा काँग्रेसले जनताको मर्म अनुसार काम गर्ने गरी फरक शैलिमा प्रस्तुत हुनुपर्दछ । ’
कार्यक्रममा जैमिनी नगरपालिकाका नगरप्रमुख तथा काँग्रेस गण्डकी प्रदेशका सदस्य इन्द्रराज पौडेल, नेपाली काँग्रेस बागलुङका उपसभापति सागर छन्त्याल, जिल्ला सचिव हरिहर शर्मा, गण्डकी प्रदेशका आमन्त्रीत सदस्य नवराज पौडेल, जिल्ला सदस्य विष्णु आचार्य, क्षेत्र नं. १ प्रदेश (ख) का सभापति दल बहादुर श्रीष राना, जैमिनी नगरपालिकाका सभापति प्रेम सापकोटा लगायतले बोलेका थिए । 
कार्यक्रम काँग्रेस जैमिनी १० का सभापति दलबहादुर श्रीषको अध्यक्षता जिल्ला सदस्य पुरन श्रीषको संचालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया