• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • स्थानीय सरकार ,
  • कला/मनोरञ्जन

नयाँ पुस्ता ‘कल्चरल र अलस्टाईल नृत्यमा ब्याटल’

  • असार १४, २०७९

नारायण रिजाल- बागलुङ । ‘गायन ब्याटल’ त हामीले सुनेका पनि थियौ देखेका पनि थियौ तर डान्स (नृत्य)मा ब्याटल भने हामीले कमै देखेका छौं । पछिल्लो समय युवा पुस्तामा ‘डान्स ब्याटल’ प्रतिको आर्कषण बढीरहेको बेला बागलुङमा स्थानिय संस्कृति झल्कने ‘कल्चरल र अलस्टाईल डान्स ब्याटल प्रतियोगिता नै भएको छ । 
पोखरा काठमाण्डौ जस्ता ठुला सहरमा अक्कल झुक्कल चल्ने यस्ता कार्यक्रममा बागलुङका युवा युवती र किशोर किशोरी पनि सहभागि भए । नयाँ पुस्ता यस प्रति आर्कषित भएका छन ।  सधै एउटै गित एकहोरो नाच्ने गरेका  उनिहरु कल्चरल र अलस्टाईलमा ब्याटल नै नाचे । ‘हामी नियमित नृत्य गर्नेका लागि यो नया पनि हो प्रतियोगितामा सहभागी रोहन भण्डारीले भने,– ‘नेपालमा खासै हुँदैन । भै हाले पनि कम मात्रामा भएको छ । ब्याटलमा सवै विधालाई समेटन सकिन्छ । समय र परिस्थिति अनुृसार यस्ता कार्यक्रमको आवश्यकता पनि छ । कल्चरलमा नेपाली लोक संस्कृतिमा पर्ने मारुनी, कौडा, सालैजो, पञ्चेबाजा लगायतमा सवै नाचलाई समेटिएको छ भने अलस्टाईलमा हिपहप, वाकिङ र लकिङ पपिङ हाउस लगायतलाई समेटिएको छ । कल्चरल नेपाली संस्कृति सँग जोडिने नृत्य  हुन भने अलस्टाईलमा आधुनिक नृत्य रहेका छन ।  
प्रबुद्ध युवा समूह र बागलुङ नृत्य समुदाय बागलुङले ‘प्रथम नेपाली कल्चरल डान्स ब्याटल’ प्रतियोगिता तथा सास्कृतिक कार्यक्रम गरेको थियो । प्रतियोगिताले नृत्यमा पनि नयाँ आयाम थपेको कार्यक्रमका संयोजक विषेश पराजुली बताउँछन ।  पुरानो नृत्यलाई अझ पुरानो बनाउने र नयाँ किसिमको नृत्यलाई झन् नयाँ बनाउने उदेश्यका साथ ब्याटल आयोजना गरिएको उनको भनाई छ । उनले नेपाली कल्चरल डान्सको नृत्यको प्रर्वद्धन र संरक्षण पनि सँग सँगै गरिने बताए । 
ब्याटलमा दुई जनालाई एकैपटक नृत्य गर्न लगाईनेछ । नृत्य गर्नेलाई ४० सेकेण्डको समय रहने र संगित पनि फरकफरक रहने छन् । यसका लागि कुनै विषेश गितमा नाच्ने भन्ने हुँदैन प्रवुद्ध युवा समुह बागलुङका अध्यक्ष दिपेश सुनारले भने,–‘नतिजा पनि उतिबेलै आउने हो । मुल्याङ्कन गर्न बसेका निर्णायकले तत्कालन कसको राम्रो भयो त्यो निर्णय गर्नुपर्ने हुन्छ ।  युवालाई खेल, नृत्य र रचनात्मक क्षेत्रमा लगाएर विकृतिबाट बचाउने लक्ष्यले यो कार्यक्रम गरेको अध्यक्ष सुनारले बताए । गत शनिबार बागलुङमा भएको कार्यक्रममा जिल्ला बाहिरका भैरहवा, काठमाण्डौ, चितवन, पोखरा लगायतका १० वटा शहरबाट १ सय बढि प्रतियोगि सहभागी भएका थिए ।  
युवाहरुको प्रतिभा प्रस्तुतीका लागि यो कार्यक्रम अति उपयोगी भएको शिक्षाका लागि राष्ट्रिय अभियानका अध्यक्ष डिल्लीराम सुवेदी बताउँछन । युवा तथा किशोर किशोरीहरुलाई अझै प्रतिभामुखी बनाउनका साथै आफ्नो परम्पराग सस्कृति आधुनिक संस्कृतिको  बारेमा थाहा पाउन यस्ता प्रतियोगिता सार्थक बन्ने उनले बताए । ‘आधुनिक युवा तथा किशोर किशोरीले चाहेको गीत संगीत र नृत्य तथा मनोरन्जनको क्षेत्रमा खुलेर लाग्ने अबसर हो’ सुवेदीले भने, ‘यस्ता कार्यक्रमबाट युवाहरुमा क्षमता र नेतृत्व समेत बिकास हुनेछ ।’ उनले युवालाई अझै अतिरिक्त क्रियाकलापमा लाग्ने अबसर चाहिएको बताए । 
प्रतियोगितामा कल्चरल तर्फ काठमाण्डौका लाक्पा लामा प्रथम र पोखराका सन्तोष मगर द्धितिय भएको थिए भने अलस्टाईल तर्फ काठमाण्डौका सोना तामाङ प्रथम र बागलुङका अन्जान आले द्धितिय भएका छन । प्रतियोगितामा प्रथम हुनेले २० हजार रुपैयाँ सहित प्रमाणपत्र र ट्रफी पुरस्कार प्राप्त गर्नेछन् भने फर्स्ट रनर अपले १० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेका छन । प्रवद्ध समुहले आउँदा दिनमा यसलाइै अझै प्रभावकारी रुपमा संचालन गर्ने बताए । 
 

प्रतिक्रिया