बुर्तिबाङमा घर भत्किँदा एक जनाको मृत्यु ११ जना घाईते

  • भदौ २९, २०८१

बागलुङ - बागलुङको बुर्तिबाङ बजारमा एक घर पुनःनिर्माणका क्रममा भत्किँदा १ जनाको मृत्यु भएको छ भने ११ जना घाईते भएका छन। शनिबार दिउँसो करिब २ः३० बजेको समयमा ढोरपाटन नगरपालिका—१ बुर्तिबाङ बजार स्वामीचोकमा स्थानिय बेगमबहादुर विकको जिर्ण  घर भत्किएको हो । घरभत्किँदा ५५ बार्षिय घरधनी बेगमबहादुरको मृत्यु भएको छ । जिर्ण अवस्थामा रहेको घर पुनःनिर्माणका लागि घर भत्काउने क्रममा ११ जना च्यापिएर घाईते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले बताए ।

घर भत्किँदा रुपन्देहीको बुट्वल उप महानगरपालिका–९ का २६ बर्षिय शंकर पन्थी, काटमाण्डौ–१० का २४ बर्षिय सुगान्त पौदेल, ढोरपाटन–४ का ३४ बर्षिय खडक प्रसाद बि.क. २० बर्षिय ईन्द्र रसाईली, ४० बर्षिय कोपिला छन्त्याल, ५० बर्षिय शुभ बुढामगर, ४० बर्षिय देविसरा बि.क. ३० बर्षिय थम कुमारी बि.क. र तमानखोला गाउँपालिका–१ की ३८ बर्षिया खममायाँ घर्ति, सोहीठाउँका ३५ बर्षिय टेक बि.क. र ५१ बर्षिय टेकमायाँ रसाइली घाईते भएका छन् । उनीहरुको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ । घाईते मध्ये दुई जनाको टाउकोमा चोट लागेको प्रहरी निरिक्षक पौडेलले बताए । घटनास्थलमा प्रहरी र स्थानिय उद्धार कार्यमा खटिएका छन । 
 

प्रतिक्रिया